शिखर साकोसको दशौं बार्षिक साधारणसभा

0
802

तुलसीप्रसाद निरौला ,बिर्तामोड  । शिखर बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दीपेन्द्र राउतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दीपेन्द्र राउतले स्वागत गर्दै संस्थाले मंसीर १६ गतेदेखि २१ गतेसम्म मुख्य कार्यालय बिर्तामोड, राजगढ र गरामनी सेवाकेन्द्र, शनिश्चरे बजारमा साधारणसभा सञ्चालन गरि संस्थाका शेयर सदस्यहरुबाट सुझाव लिएर मंसीर २२ गते सोमबार संस्थाको दशौं वार्षिक साधारणसभा समापन गरिएको वताए ।

उनले कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै गराउँदै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी निर्देशिका अनुसार संस्थाको दशौं वार्षिक साधारणसभा गरिएको वताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राउतले आर्थिक वर्ष २०७७÷०७८ को मंसीर २१ गते सम्ममा संस्थाको शेयर सदस्य छ हजार नौ सय ९९ जना, शेयर पुँजी चार करोड ८५ लाख १८ हजार चार सय रुपैयाँ , निक्षेप संकलन ६२ करोड २३ लाख ८३ हजार सात सय ५० रुपैयाँ , कूल लगानी ५४ करोड दुई लाख १३ हजार तीन सय ८२ रुपैयाँ रहेको बित्तिय बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया लगायतले शुभकामना मन्तव्य राखेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघको हालै भएको निर्वाचनबाट केन्द्रीय सदस्यमा  निर्वाचित उमेश डालमियालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी वैंक बिर्तामोड शाखा प्रमुख विवेक डाँगी , नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश राउत ,इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजाललगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै संस्थाका उपाध्यक्ष ऐश्वर्या पाण्डे , सहसचिव तारा खतिवडा, कोषाध्यक्ष विजय चापागाईं , सञ्चालक समिति सदस्यहरु विज्ञान खड्का, किरण थापा, सुचित्रा मेचे, रिजु क्षेत्री , ज्योती शिवाकोटी , योगेश पौडेल लगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमालय प्रसाईंले गरेको व्यवस्थापक लीलानाथ रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here