मदन ढकालको त्यो अन्तिम लेख

0
1535

मे‌ची अञ्चलको‌ व्यापारि‌क नगर‌ी बिर्तामो‌डबाट प्रकाशन भइ वितर‌ण हुन थाले‌को‌ पूर्वाञ्चल र‌ाष्ट्रिय दै‌निक समाचार‌पत्र आजदे‌खि बाइस बर्षमा लाग्दै‌छ । यो‌ हाम्रो‌ लागि मात्र नभएर‌ पाठक, विज्ञापनदाता र‌ शुभचिन्तकहरुका लागि पनि गौ‌र‌वको‌ विषय हो‌ । हाम्रो‌ जस्तो‌ कम साक्षर‌ भएको‌ मुलुकको‌ मो‌फसलका लागि यस्तो‌ नियमितता उदाहर‌णीय विषय नै‌ हुनसक्छ ।
प्रकाशनको‌ २२ वर्ष लाग्दा–नलाग्दा धे‌र‌ै‌ कम मात्रामा यसका सूत्राधार‌हरु फे‌रि‌ए पनि बाहिर‌ जाने‌हरु आखिर‌ पत्रकारि‌ता मै‌ आएर‌ अडिनु भएको‌ छ । आखिर‌ त्यो‌ छापा हो‌स् कि र‌े‌डियो‌ वा अनलाइन नै‌ किन नहो‌स् । पत्रकारि‌ता बढो‌ गजबको‌ नशा हो‌ र‌हे‌छ, यसमा प्रवे‌श गर‌े‌पछि ग¥यो‌–ग¥यो‌ ।

कलकत्ताको‌ सियालदह स्टे‌शन अघि पो‌हो‌र‌–पर‌ार‌ मै‌ले‌ बिहान खबर‌ कागत पढ्दै‌ गर‌े‌को‌ एक बृद्ध (उमे‌र‌ लगभग ८० वर्ष) लाई मे‌र‌ा छो‌र‌ाहरुलाई एक र‌ाउण्ड घुमाउन आग्रह गर्दा उनले‌ माने‌नन् । २५ रुपै‌याँबाट दुई सय रुपै‌याँ पु¥याउँदासम्म पनि उनले‌ टे‌र‌पुच्छर‌ लगाएनन् । सियालदहदे‌खि मुचीपाडासम्म घुमाएर‌ ल्याएको‌ रु. एक सयमात्र लिए त्यो‌ पनि यसो‌ भन्दै‌– धन्यवाद यात्रु ! यो‌ रि‌क्सा विश्वसम्पदा सूचीमा पर‌े‌को‌ वस्तु हो‌ । यसमा चढ्ने‌ मान्छे‌ पनि त्यस्तै‌ महत्वपूर्ण हुन्छन् । हामीले‌ उनीहरुलाई आजको‌ बंगालको‌ ‘अपडे‌ट’ गर्नुपर्दा बिहानको‌ समाचार‌–पत्रबाट मात्र सम्भव हुने‌ हुँदा पत्रिका पढे‌का हौ‌ं । यति भए हामी हाम्रा नवागन्तुक यात्रुहरुले‌ सो‌धे‌का कुनै‌ पनि कुर‌ामा पछि पदैर्‌नौ‌ं– उसले‌ गौ‌र‌व मान्दै‌ जवाफ दियो‌ । नभन्दै‌ ऊ त कहाँ कुन फिल्म चले‌को‌ छदे‌खि कहाँ कस्ता घटना भएसम्म सबै‌ कण्ठस्थ र‌ाख्न सक्ने‌ क्षमताको‌ र‌हे‌छ  ।

दै‌निक पत्रपत्रिकाबाट पनि प्रकाशन स्थानका विभिन्न कुर‌ाहरुका अतिरि‌क्त घटनाक्रम पनि थाह पाइँदो‌र‌हे‌छ । बिडला प्लाने‌टो‌रि‌यमदे‌खि लिएर‌ कुन थियटर‌मा के‌ चल्दै‌छ, कहाँ कुन फिल्म चलिर‌हे‌को‌ छ ? धान, चामल, दालको‌ बजार‌ भाउ जान्नका साथै‌ हवाई तथा र‌े‌लवे‌को‌ टाइम टे‌वल पनि ठ्याक्कै‌ पत्ता लगाउँछ । अहिले‌ पत्रपत्रिकामा विभिन्न आवश्यक सामग्रीहरुको‌ उत्पादन र‌ त्यसका व्यावसायिक महत्वका विषयमा विज्ञापन आउन थाले‌पछि त पत्रिका प्रकाशनलाई पनि सहयो‌ग हुन थाले‌को‌ छ । व्यावसायिक महत्वका विज्ञापनले‌ गर्दा पत्रपत्रिकालाई आर्थिक टे‌वा मिल्नु त स्वभाविकै‌ हो‌, विज्ञापनमा एकरुपता कायम हुन सके‌ दातादे‌खि उपभो‌क्ता समे‌तलाई फाइदा हुने‌ निश्चित थियो‌ ।

दे‌शको‌ सबै‌भन्दा पुर‌ानो‌ सामाचार‌पत्र (जुन अहिले‌सम्म निर‌न्तर‌ नै‌ छ) दै‌निक गो‌र‌खापत्र हो‌ । गो‌र‌खापत्र दै‌निक समाचार‌ पत्रले‌ पाठक, विज्ञापनदाताहरुको‌ आवश्यकता पूर‌ा गर्न सके‌को‌ छै‌न । प्रकाशन नियमित भएता पनि यसको‌ वितर‌ण लगायतको‌ व्यवस्थापन पक्ष सन्तो‌षजनक छै‌न । निजी क्षे‌त्रका प्रकाशन गृहहरु सर‌कार‌ीभन्दा अब्बल ठहरि‌एका छन् । जसले‌ गर्दा पत्रकार‌ले‌ पाउने‌ सुविधा थपिएको‌ छ भने‌ से‌वा पनि प्रशस्तै‌ प्राप्त भइर‌हे‌का छन् ।

मिसन पत्रकारि‌ताको‌ आधार‌मा प्रजातान्त्रिक समाजवादलाई नै‌ एकमात्र उद्दे‌श्य बनाएर‌ प्रकाशन प्रार‌म्भ भएको‌ पूर्वाञ्चल दै‌निक प्रजातन्त्र र‌ समाजवाद प्राप्तिको‌ लागि के‌ही समय लडिर‌ह्यो‌ तर‌ विभिन्न विचार‌धार‌ाका व्यक्तित्वहरु एकै‌ ठाउँमा र‌ एउटै‌ मिसनमा धे‌र‌ै‌ दिनसम्म टिकिर‌हन सके‌नन् । दुई वर्ष जति एकै‌ उद्दे‌श्यका साथ फ्ल्याट मिसिनबाट प्रकाशित पूर्वाञ्चल अचानक बन्द भयो‌ । प्रार‌म्भमा पूर्वाञ्चल निकै‌ तामझाम र‌ चुरि‌फुर‌ीका साथ प्रकाशन भएता पनि आर्थिक संकलन कार्यमा अनियमितता र‌ अनुशासनहीन व्यवहार‌ले‌ गर्दा लगानीकर्ताहरु पनि दिग्दार‌ भएकै‌ले‌ हो‌ला प्रकाशन के‌ही समयका लागि स्थगित र‌ाखियो‌ । संस्थापक सम्पादक श्री गो‌विन्दचन्द्र क्षे‌त्रीले‌ अनिश्चितकालीन बिर‌ामी बिदा लिएपछि कार्यकार‌ी सम्पादकको‌ रुपमा पूर्वाञ्चलमा म आएँ । त्यस बे‌लाको‌ सम्पादन टिम पनि र‌ाम्रै‌ थियो‌ । विष्णुकुमार‌ भट्टर‌ाई, लीला बर‌ाल, लक्ष्मण ढकाल, के‌शव आचार्य आदि पूर्वाञ्चलमा संलग्न थिए । म गो‌मे‌न्द्र कले‌जमा आमसञ्चार‌ विषय पठाउँथे‌ं । र‌, उत्साही भाइबहिनीलाई समाचार‌, ले‌ख, कविता जे‌ हुन्छ ले‌ख्न उत्प्रे‌र‌णा दिन्थे‌ं । गो‌मे‌न्द्रबाट एकर‌ाज गिर‌ी, विष्णु यो‌ङ्हाङ र‌ र‌ाजु पाठक तीन जना त खर‌ा पत्रकार‌ नै‌ निस्किए । यिनमा पनि एकर‌ाजले‌ एमएड (डिग्री) सके‌र‌ र‌े‌डियो‌ ने‌पालका झापा समाचार‌दाता हुँदै‌ पत्रकार‌ महासंघ झापाको‌ सचिव र‌ पूर्वाञ्चल दै‌निकको‌ सम्पादकसम्म भएर‌ आफ्नो‌ प्रतिभा र‌ यो‌ग्यतालाई समाजमा प्रभावकार‌ी रुपले‌ प्रस्तुत गरि‌र‌हे‌का छन् । वीर‌ता जे‌सीज, ने‌पाल र‌े‌डक्रस सो‌साइटी, र‌ाष्ट्रिय उपभो‌क्ता मञ्च, संवाद समूह झापा, सहार‌ा ने‌पाल साको‌सका विभिन्न कार्यक्रमदे‌खि अन्यत्र पनि हात हालिर‌हे‌का एकर‌ाजले‌ अन्य छिट्फुट संस्था बाहे‌क पत्रकारि‌तातर्फ नै‌ बढी झुकाव र‌ाखे‌का छन् । पत्रकारि‌तामा मै‌ अधिकांश समय दिएका छन् ।

मुलुकमा आन्दो‌लन, संघर्ष र‌ मुठभे‌डको‌ वातावर‌ण सकियो‌ अब आपसी मे‌लमिलाप र‌ विकासको‌ वातावर‌ण बनाउनुपनेर्‌ आवश्यकता छ । गत बर्षको‌ भूइँचालो‌ले‌ थाङ्थिलो‌ पार‌े‌को‌ मनहरु र‌ बाढी पहिर‌ो‌ले‌ ल्याङ्फ्याङ पार‌े‌को‌ गाउँबस्तीलाई जीणोर्‌द्धार‌ गर‌े‌र‌ समृद्धिको‌ उज्यालो‌तर्फ लै‌जानु पनेर्‌ आवश्यकता जतासुकै‌ दे‌खिएको‌ छ । ‘गर्दा एक्लै‌ले‌ पनि सकिने‌ र‌हे‌छ’ भन्ने‌ उदाहर‌ण धुर्मुस–सुन्तली प्रतिष्ठानले‌ दे‌खाइसक्यो‌ ।

गएको‌ वर्ष २०७२को‌ दशै‌ं पछाडिदे‌खि अचानक म बिर‌ामी पर‌ें‌ । शर‌ीर‌मा सुगर‌को‌ ले‌बल कम भएछ । भो‌लिपल्ट चे‌न्नाई जाने‌ ह्वाई टिकट थियो‌ । त्यसलाई र‌द्द गर‌ाइयो‌ । तीन वटा टिकट पनि र‌द्द गर्न निकै‌ हम्मे‌हम्मे‌ प¥यो‌ । मलाई ने‌बो‌टिया (शिलगढी) लगियो‌ । झण्डै‌ एक महिनाको‌ ने‌बो‌टिया र‌ आनन्द लो‌कको‌ बसाइपछि घर‌ फर्किँदा ज्यान झिटी भइसके‌को‌ थियो‌ । त्यसपछि साथीभाइको‌ सल्लाहले‌ सीएनसी क्रिस्टियन मे‌डिकल कले‌ज भे‌लो‌र‌, युनानी विश्वविद्यालय चे‌न्नाई पुगियो‌ । पूर‌ा एक महिनामा त्यहाँबाट फर्किंदा १५ घण्टा र‌े‌लवे‌ मै‌ कष्ट खप्नु प¥यो‌ । र‌ातार‌ात शिलगढी आएर‌ आनन्दलो‌क अस्पतालमा टे‌म्पो‌र‌र‌ी क्याथे‌डर‌ गर‌ी डायलो‌सिस प्रार‌म्भ भयो‌ । ने‌फ्रो‌लो‌जिष्ट डा. विशाल गो‌ले‌ले‌ लामो‌ यात्रा नगर्नु भन्नु भएको‌ र‌हे‌छ । लामो‌ यात्राकै‌ परि‌णाम श्वासप्रश्वासमा कष्ट भएको‌ र‌हे‌छ भन्ने‌ पत्ता लाग्यो‌ । फिस्टुला बनाउनुपनेर्‌ शिलगढीमा डा. गो‌ले‌ले‌ विश्वास गर‌े‌नन् । कलकत्ता जाने‌ कुर‌ा चल्दा घर‌ परि‌वार‌ले‌ माने‌नन् र‌ काठमाडाँै‌ं हिँड्यौ‌ं । छ महिना काठमाडौ‌ं बसे‌र‌ हिमाल, व्लूक्रस, सुमे‌रु, किड्नी से‌न्टर‌ आदि अस्पताल धाउँदा पनि फिस्टुला बनिएन । अन्ततः डा. गंगाप्रसाद जो‌शीले‌ एक वर्षको‌ निम्ति पर‌माने‌न्ट क्याथे‌डर‌ बनाएर‌ डाइलो‌सिस गर्न थाले‌को‌ छ ।

एक वर्ष पूर‌ै‌ पत्रिकाको‌ कार्यालयमा आइनँ । आउन सके‌ पो‌ आउनु । तर‌, पत्रिकाका हर‌े‌क गतिविधिसँग परि‌चित छु । सम्पादक मण्डलले‌ आफ्नो‌ काम गर‌े‌कै‌ छन् । ले‌खा शाखा, वितर‌ण फाँट, छापाखाना(छपाई विभाग) सबै‌ आ–आफ्ना कार्य क्षे‌त्रमा सक्रिय छन् । पत्रिका प्रकाशनमा के‌ही अवर‌ो‌ध गर्न÷गर‌ाउन आफ्नै‌ पुर‌ाना साथी लागे‌ पनि । तर‌ एकता र‌ संगठित शक्तिका अगाडि उनीहरुको‌ के‌ही लागे‌न । ‘संघ शक्ति कलौ‌ं युगे‌’ अर्थात ‘युनाइट यु स्ट्याण्ड, डिभाइड यु फल्स’ को‌ सिद्धान्तलाई अंगीकार‌ गर‌े‌का पूर्वाञ्चलकर्मीहरुलाई ‘ठाँगे‌’ले‌ छो‌एन अर्थात् दुश्मनको‌ नजर‌ पर‌े‌न । पूर्वाञ्चल आज मंसीर‌ १ गते‌ बुधवार‌दे‌खि २२ बर्षको‌ लक्काजवान भएको‌ छ । अब यसले‌ आफ्नो‌ उत्तर‌दायित्व बिर्सनु हुँदै‌न, हामी पनि बिर्सनै‌ छै‌नौ‌ं । अझ जिम्मे‌वार‌ीपूर्वक अगाडि बढ्नुपर्छ र‌ मात्र पत्रकारि‌ता समृद्धशाली हुने‌छ । २१ वर्षको‌ यात्रा पूर‌ा गर‌े‌र‌ २२औ‌ं बर्षको‌ यात्रा प्रार‌म्भ गर‌े‌को‌ पूर्वाञ्चल दै‌निक समाजमा अझै‌ समन्वयकार‌ी भूमिका निर्वाह गदैर्‌ अघि बढ्न सको‌स् । हाम्रा शुभचिन्तक, पाठक, विज्ञापनदाता सहयो‌गीहरुबाट यही अपे‌क्षा गर्दछौ‌ं । आशिर्वाद माग्दछौ‌ं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here