खरेलद्वारा आमाको स्मृतिमा शिक्षाकोष स्थापना

२३ मंसिर २०७७, मंगलवार मा प्रकाशित

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

बिराट –अर्जुन उपभोक्ता सहकारी संस्था लि. बिर्तामोड –४ का अध्यक्ष नवीन खरेलले आफ्नी स्वर्गीय आमा नरमाया खरेलको स्मृतिमा शिक्षाकोष स्थापनाको घोषणा गरेका छन् ।

उनले विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभाको अवसर पारेर संस्थाको मातहतमा रहने गरी ५० हजार रुपैयाँको स्व. नरमाया खरेल शिक्षाकोष स्थापनाको घोषणा गरेका हुन् ।

विर्तामोड नगरपालिका वडा नंं. ४ आदर्श नमूना टोल निवासी नरमाया खरेलको ७६ वर्षको उमेरमा उपचारका क्रममा गत कात्तिक ४ गते स्वर्गारोहण भएको थियो ।

आफ्नी आमा शैक्षिक ,सामाजिक एवम् धार्मिक कार्यमा सक्रिय रहेको र शिक्षाको उज्यालो ज्योतीबाट कोहीपनि बञ्चित हुनु नपरोस् भन्ने आमाको सदिक्षा अनुसार स्वर्गीय आमा नरमाया खरेलको स्मृतिमा स्व.नरमाया खरेल शिक्षाकोष स्थापना गरिएको बिराट –अर्जुन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष नवीन खरेलले बताए ।

उक्त शिक्षाकोषको व्याजबाट सरकारी विद्यालयमा अध्ययन गर्ने बिराट –अर्जुन उपभोक्ता सहकारी संस्थामा आवद्ध शेयर सदस्यका छोराछोरीमध्ये पाँच जनालाई प्रत्येक वर्ष शैक्षिक सामग्री प्रदान गर्ने उनले बताए ।

उनले आफ्ना पिता पाँचथरको याङ्वरक –२ च्याङ्थापुस्थित विष्णु माविका पूर्व प्रधानाध्यापक स्व. यज्ञराज खरेलको स्मृतिमा स्व. यज्ञराज खरेल स्मृति प्रतिष्ठान स्थापना गरेर विष्णु माविमा अध्ययनरत् बिद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामग्री प्रदान गर्दै आएको जानकारी दिए ।

स्व.नरमाया खरेल शिक्षाकोष सञ्चालनका लागि उषा खरेल संयोजक र बिराट –अर्जुन उपभोक्ता सहकारी संस्थाका दुई जना सदस्य रहने बताउँदै उनले बिराट –अर्जुन उपभोक्ता सहकारी संस्था रहुञ्जेलसम्म स्व. नरमाया खरेल शिक्षाकोष सञ्चालन गरिने र संस्था अन्य सहकारी संस्थामा मर्ज भए शिक्षाकोष स्वतः खारेज हुने जनाए ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् नाटा प्रदेश नम्वर १ का महासचिव रहेका नविन आदर्श व्याङ्क्वेटका सञ्चालक र काउन्सिल ट्राभल्सका म्यानेजिङ डाइरेक्टर हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here