‘संघीय लोकतान्त्रिक गणतन्त्रको उदयसँगै नेपालको सहकारी क्षेत्रले निक्कै ठूलो फड्को मार्यो’ मन्त्री आङ्बो

0
683

लक्ष्मी उप्रेती/ मेचीनगर ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संघीय लोकतान्त्रिक गणतन्त्रको उदयसँगै नेपालको सहकारी क्षेत्रले निक्कै ठूलो फड्को मारेको बताउनुभएको छ । मंगलबार झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक साधारण सभा तथा औषधिजन्य वनस्पति प्रशोधन केन्द्रको समुद्घाटन समारोहलाई सम्बोधन गदैं मन्त्री आङ्बोले उक्त कुरा बताउनुभएको हो ।

सामान्तवादमा आधारित नेपालको राज्य व्यवस्था र राज्य प्रणाली तथा एकात्मक राज्य सत्ता र राज्य प्रणाली परिवर्तनका लागि नेपाली जनताले निक्कै ठूलो त्याग र बलिदानीसहित संघर्ष गर्नुपरेको स्मरण गदैं मन्त्री आङ्बोले त्यसैका कारण २ सय ४० वर्ष लामो राजतन्त्रको अन्त्य भई देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनसँगै देशको अर्थ प्रणालीमा समेत रुपान्तरण भएको उहाँको भनाई थियो ।

सहकारीले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गदैं उहाँले साहुकरणबाट असामान्य ढंगबाट सहकारीले पूजीँ निर्माण गरी सदस्यहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाएकाले यो अत्यन्तै महत्वपूर्ण योगदान रहेका पनि जनतालाई आत्मनिर्भर अर्थतन्त्र र समाजवादमुखी बन्न सक्ने धारणा मन्त्री आङ्बोको थियो । दीर्घकालिन ढंगबाट व्यवसायिक र उद्यमी बन्दैं सदस्यमुखी सहकारी बन्नु पर्ने उहाँको जोड थियो ।

मन्त्री आङ्बोले सहकारी भन्ने वित्तिकै वित्तिय कारोवार गर्ने मात्र संस्था हो भन्ने बुझाईले कहिले काहि सहकारीको आलोचना हुने गरेको भन्दैं अब हरेक सहकारीहरु उत्पादनमुखी र उत्पादनसँग गासिनुपर्नेमा जोड दिनुभयो । सहकारीले सदस्यको वित्तीय आवश्यकता मात्र पूरा गर्ने नभई सामाजिक,सांस्कृतिक, वातावरणीय क्षेत्रमा पनि यथेष्ट योगदान गर्न सक्ने क्षेत्र भएको औंल्याउनुभयो । सहकारी संस्था समृद्घ भएमात्र देश समृद्घशाली हुने बतादैं मन्त्री आङ्बोले वर्तमान सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपालीको सपना साकार पार्न समेत सहकारीले उल्लेखनिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी महत्वपुर्ण खम्वा भएकाले पनि सहकारीकर्मीहरु सरकारका हरेक कामप्रति सकरात्मकरुपमा सहयोगीको भूमिकामा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

हरेक मानिसमा सकरात्मक सोचको विकास हुनुपर्ने बताउदैं उहाँले सरकारले गरेका विभिन्न कामलाई नकरात्मकरुपले टिका टिप्पणी गर्नुभन्दा आफू पनि जिम्मवाररुपमा लाग्न आग्रह गर्नुभयो। सामाजिक सञ्जल र सञ्चारमाध्यमलगायत विभिन्न माधयमबाट सरकारले गरेका कामको आलोचना हुने गरेको भन्दैं उहाँले काम गर्ने क्रममा योजनाहरु ढिलो छिटोरुपमा सम्पन्न हुनु स्वाभाविक रहेको बताउनुभयो । आफ्ना जनप्रतिनिधिप्रति जनताको आशा हुने भएकाले जनताले विकास मागे भन्दैंमा जनप्रतिनिधिहरु तत्कालैरुपमा आत्तिहाल्नु नपर्ने उहाँको भनाई थियो । उहाँले हरेक नागरिकलाई आफ्नो जिम्मेवारीप्रति सक्रियरुपमा लाग्न समेत सुझाव दिनुभयो ।

एकफरक प्रसंगमा उहाँले अहिले विश्वनै नोवल कोरोना भाइरस कोभिड १९ को महामारीमा रहेकाले नेपाल समेत यसबाट अछुतो नरहेको प्रष्ट पार्नुभयो । अहिले सरकार र सत्ताधारी पार्टीबीच भएको गतिविधिले जनतामा निराशा आएको प्रष्ट पादैं मन्त्री आङ्बो कुनै हालतमा पार्टी नफूट्ने दाबी गर्नुभयो । नेपाली जनताले विश्वासका साथ कम्यूनिष्ट पार्टीलाई दुईतिहाइको मत दिएर पठाएको भन्दैं उहाँ पार्टी कुनै हालतमा नफूट्ने बताउनुभयो ।

प्रदेश नम्बर १ का कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले सरकारले सहकारीलाई देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा राखेको बताउदैं सरकारको तीन खम्बे अर्थनीतिमा देशको अर्थतन्त्रको मुख्य तीन खम्बामध्ये सहकारी समेत रहेको बताउनुभयो । सरकारले अघि सारेको तीनखम्वे अर्थनीतिमा सहकारी समेत परेका कारण देशको अर्थतन्त्र र देशलाई आर्थिकरुपमा मजवुत पार्न देशभरका सहकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको विचार राख्नुभयो ।


उहाँले सरकारी,नीजि र सहकारी देशको अर्थतन्त्रमा टेवा पुर्याउने मुख्य खम्बा रहेको धारणा समेत राख्नुभयो । पछिल्लो समय सहकारीप्रति बचत गर्न र कर्जा लिनमात्र होइन जात, वर्ग, धर्म, लिंग संस्कृतिलगायतका कुनै पनि आधारमा सहकारीमा विभेद नहुने भएकाले सहकारीप्रति सर्वसाधारणको आर्कषण बढ्न थालेको उहाँको भनाई थियो । भूमि व्यवस्था सम्बन्धि अव्यवस्थित बसोबास र ऐलानीप्रति जग्गामा बसेकाहरु र जंगलको छेउमा सम्मको जग्गामा वसोबास गरेकाहरुलाई अब फेरि सुकुम्बासी भन्न नपर्ने गरी जग्गाको व्यवस्थापन मिलाईएको उहाँको भनाई थियो ।

प्रदेश नम्बर १ सरकारको अनुदान सहयोगमा मेचीनगरमा तेजपत्ताको तेल उत्पादन गर्ने उद्योग स्थापना भएको उल्लेख गदैं । प्रदेश सरकारको भूीम व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ७५ लाख अनुदान सहयोगमा उद्योग स्थापना गरिएको जानकारी गराउनुभयो । सरकार जहिले पनि जनताका साथमा रहेकाले राम्रा काम गर्ने जो कोहि लाई पनि सरकारले आफै खोज्ने भन्दैं अनुदानका नाममा कमाउछु भन्ने मानसिकता त्याग्न समेत राज्यमन्त्री मगरले सुझाव दिए । ‘अनुदानका नाममा विकृति भित्रिएकै कारण सरकारले भन्ने वित्तिकै अनुदान रकम दिने छैन’ उहाँले भन्नुभयो—‘पहिले सवै थोकको स्थलगत अनुगमन निरीक्षण गर्छ त्यसपछि अनुदान दिन ठहर भएमात्र दिन्छ ।’

कार्यक्रममा काँकरभिट्टा बचत चता ऋण सहकारी संस्थाका अध्यक्ष भुपाल शिवाकोटी नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव सन्तोष आचार्य मेची उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष बीना तामाङलगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष राजु दाहालले कार्यक्रमको अध्यक्षता गदैं सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष पुष्कलकुमार बस्नेतले शब्द र प्रप्तिका निरौलासहितको समूहले नृत्यबाट गरेको उद्घाटन सत्रको सञ्चालन सल्लाहकार समिति सदस्य डिल्लीराम घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुडाथोकी, श्रीप्रसाद मैनाली राधा थापा, प्रदेश नम्बर १ अन्तर्गतको बन, पर्यटन उद्योग तथा वाताबरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले जडिबुटी सहकारी संघका केन्द्रिय अध्यक्ष इश्वरी पाण्डे, विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधिसहित ठूलो संख्यामा संस्थाका शेयर सदस्यहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here