सहारा नेपालको साधारणसभा भर्चुअलविधीबाट, महत्वाकांक्षी योजना सार्वजनिक

0
817

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २४ औं बार्षिक साधारणसभा भर्चुअलविधीबाट गर्ने भएको छ ।

संस्थाको मुख्य कार्यालय चारपानेमा मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सो कुरा जानकारी दिइएको हो ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी निर्देशिका अनुसार सदस्यहरुलाई भर्चुअलविधीबाट गरिने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिका कारण पत्रकार सम्मेलनमार्फत संस्थाको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेर संस्थाको नीति तथा कार्यक्रमबारे शेयर सदस्यहरुलाई जानकारी गराइएको र आगामी मंसीर २७ गते सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण गरेर २४ औं बार्षिक साधारणसभा गरिने उनले बताए ।

कार्यक्रममा संस्थाले झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरमा सेवा प्रदान गर्दै आएकोमा यस वर्ष ताप्लेजुङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा र खोटाङमा सेवा विस्तार गरि प्रदेश नं.१ का ११ जिल्लाका ८० स्थानिय तहमा सेवा प्रदान गरिने जानकारी दिइयो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वित्तिय विवरण प्रस्तुत गर्दै संस्थाको शेयर सदस्य एकलाख ४३ हजार ९ सय ८३ जना , शेयरपँुजी एक अर्ब ३४ करोड ९१ लाख रुपैयाँ ,जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचत तर्फ ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पती ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रहेको र संस्थाले यस बर्ष २५ करोड ९ लाख खुद नाफा गरेको जानकारी दिए ।

संस्थाले आर्थिक बर्ष ०७७÷०७८ का लागि १६ वटा शीर्षकमा ६८ वटा वित्तिय तथा गैर वित्तिय शीर्षकमा कार्यक्रम गर्ने प्रस्ताव अघि सारेको बताउँदै कार्यकारी प्रमुख गिरीले शेयर सदस्यलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ट्यावलेट बैंकिङ, एसएमएस बैंकिङ र मोवाईल एप्स संचालनमा ल्याएर यस बर्ष १० हजार सदस्यलाई प्रविधि साक्षरता प्रदान गरिने जनाए ।

सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रम अन्तरगत शेयर सदस्य कोरोना पोजेटिभ भई होम आईसुलेशनमा बसेको अवस्थामा १४ दिनसम्म ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने, त्यसैगरी अस्पतालमा आईसियु, प्लाज्मा थेरापीको उपचार गाराएको अबस्थामा ३ लाख रुपैयाँ प्रदान गरिने, कोरोना पोजेटिभ बढ्दै गए संस्थाले आफ्नै २५ बेडको आईसुलेसन सेन्टर संचालन गर्न पहल गर्ने जनाएको छ ।

त्यसैगरी कोभिडले पारेको प्रभावलाई कम गर्न सदस्यहरुले लकडाउनको बेला ऋणको साँवाको किस्ता तिर्न नसकेको अवस्थामा कुनैपनि हर्जना जरिवाना नलिएको , गत असार मसान्तसम्म ऋणको पाकेको व्याजमा १० प्रतिशत अर्थात तीन करोड ४५ लाख छुट दिइएको संस्थाले जनाएको छ ।

त्यस्तै विपद् सापटीवापत प्रति सदस्य ५हजार रुपैयाँ दिने नीति अनुरुप दुई करो ६८ लाख २३ हजार प्रदान गरिएको , कोभिडको महामारीको अवस्थामा संस्थाले प्रधानमन्त्री राहत कोष , प्रदेश सरकार र स्थानीय ७० गाउँपालिका तथा नगरपालिकालाई खाद्यान्न सहयोग पुर्याउन ५७ करोड ३५ लाख द्युई सय ५८ रुपैयाँ सहयोग गरेको जनाएको छ ।

संस्थाले पीसीआर ल्याव स्थापना , प्लाज्मा थेरापी वैंक स्थापनामा एकका लागी एक अभियान मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

संस्थाको रजत बर्षको अवसर पारेर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट सहकारी अभियानका केशव बडाललाई १ लाख १ हजार रुपैया सहित पुरस्कृत गरिने छ भने सहारा सहकारी पत्रकारिता पुरस्कार पत्रकार ईन्द्रजित मुखियालाई प्रदान गरिने र संस्था स्थापनामा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिने कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष डम्बरबहादुर देउजा, सदस्य भिमबहादुर गिरी, पदमलाल भट्टराई, शुक्रराज तामाङ, चित्रकला ओली, उरादेवी मिश्र, नेत्रबहादुर नेपाल, शंकरप्रसाद रिजाल लगायतको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेकी थिइन् ।

सहसचिव ज्ञानुनाथ मैनालीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सहायक निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here