कोरोनाको कहरबीच ओमसाईले दिलाएको नयाँ जीवन

0
1413

प्रेम सेढाई,

चीनबाट फैलिएको कोरोना भाइरसको त्रास दिनानुदिन बढिरहेकै छ । यसको फैलावट र त्रासका बीचमा जीवन जिउनु हामी नेपालीहरुमात्र होइन, सबै देशका वासिन्दालाई चुनौती उत्तिकै छ । यस्तो महामारीको उत्कर्समा मैले अस्पतालमा लामो समय बुबाको उपचारको लागि बस्नुपर्‍यो । तिहार लगत्तै झन्डै २ साता बुबाको उपचारमा सम्लग्न हुनुपर्दाका अनुभव र अनुभुतिलाई प्रस्तुत गर्न कोसिस गरिरहेको छु । मेरो बुवा जीवन सेढाई ६५ वर्षको उमेरसम्म पनि तरोताजा र सक्रिय जीवन बाचिरहनु भएको थियो । व्याक्तिगत जीवन, सामाजिक जीवन र व्यावसायिक जीवनमा वहाँ जहिल्यै पनि अनुशाशीत हुनुहुन्छ ।

बेलबारी मोरङदेखि झापाको सैनिकमोडमा बसाइँ सरेदेखि नै बिहान ४ बजे नै उठने अनि १ घन्टा मर्निङ वाकमा जाने गर्नुहुन्थ्यो । मर्निङ वाक लगत्तै चिसो पानीले नुवाउने वहाको तालिका थियो । तर, मानव शरीरमा कुन बेला के आइपर्छ, अनुमान नै गर्न नसकिने रहेछ । मर्निङ वाकमा नियमित हुँदा पनि तातो शरीरमा चिसोले आक्रमण पनि गर्दो रहेछ । त्यसैले बालबालिका र बुढापाकालाई चिसोबाट जोगाउनु भनिएको रहेछ ।

अनुभव/अनुभुति  

मेरो बुबालाई पनि चिसोले आक्रमण गरेर फोक्सोसम्म पुर्‍याएछ । रिंगटा लाग्ने अनि कमजोर महसुस गर्न थालेपछि मैले विर्तामोडको बजरङ्ग मेडिकलमा लगे । त्य्हा डा.डिके आचार्यलाई देखाइयो । त्यहा रगत, पिसाब, छातीको एक्सरे गरियो । अरु त रिपोर्ट सामान्य आयो तर एक्सरेले छातीमा केही खराबी देखायो । डा. आचार्यकै सल्लाह बमोजिम सिटी स्क्यान गर्न विराटनगरको नोबेल अथवा भद्रपुरको ओम साइ पाथीभरा हस्पिटलमध्ये एक जानुपर्ने भयो । नजिकै पनि भएको हुनाले भद्रपुर नै जाने सल्लाह भयो ।

ओम साइ पाथीभरा हस्पिटलमा बिरामीहरुको चाप निकै नै थियो । सिटि स्क्यान गर्नु पूर्व पिसिआर रिपोर्ट माग्यो अस्पतालले । विरामीको अवस्था यस्तो थियो कि कतै लान नै नसकिने । निकै लामो अनुरोधपछि सर्तसहित सिटी स्क्यान गरियो । सिटी स्क्यानले फोक्सोमा इन्फेक्सन भएको देखायो । बिरामीको चाप धेरै भएर होला, विरामीलाई तुरुन्तै विराटनगर वा धरान लान सुझाव दिइयो । मैले अन्त कतै नलाने र लान सकिने अवस्था नभएको बताएपछि एक घन्टापछि आइसियुमा बुबालाई राखी उपचार सुरु भयो । आइसियुमा निरन्तर ४ दिन राखियो । विरामीको अवस्थामा क्रमिक सुधार देखिन थाल्यो ।

आइसियुबाट निकालेर क्याबिनमा राखेर उपचार सुरु गरियो । उपचार प्रक्रियामा डा. अमर कपुरी, डा.सागर मैनाले जुन सकारात्मक उर्जा र हौसला प्रदान गर्नुभएको थियो, त्यो महत्त्वपूर्ण औसधि सरह भएको मेरो अनुभुति छ । बुबाले नयाँ जीवन पाउनु होला कि नहोला भन्ने अन्योलताका बीचमा डा.कपुरीले जुन केयर र लगनका साथमा उपचार गर्नुभएको थियो, जसको मुक्त हृदयले व्याख्या गर्दा पनि कम हुन्छ ।

वरिष्ठ फिजिसियनको रुपमा कार्यरत डाक्टर कपुरीले बिरामीको उपचारमा जति गम्भीरताका साथमा काम गर्नुहुँदो रहेछ, कुरुवा तथा आफन्तजनलाई उत्तिकै सरलता र प्रष्टतासहित विरामीको अवस्था र आगामी चिकित्सकीय पहलबारे बताउनु भएको देखेपछि डाक्टरहरुको पेसा र कर्मप्रती मेरो श्रदा दोब्बर भएको छ । त्यसैले डाक्टरहरुलाई भगवान मानिएको हुनुपर्छ । उपचार त सबै चिकित्सकहरुले गर्छन् तर बोलीबचन मिठो, कुरुवाहरुलाई दिने प्रेरणा र हौसलाले गर्दा बिरामीको रोग पनि आधा नै बिसेक भएको जस्तो हुने रहेछ । आफन्त र कुरुवाहरुलाई पनि आशा जगाउने डा.कपुरीको शैली सबै डाक्टरहरुमा भैदिए कति निरास मनहरुमा उमंग भरिन्थ्यो होला ।

उपचार प्रक्रियामा नर्स मिना सुब्बा र अन्य नर्सहरुको योगदान पनि उल्लेखनीय थियो । सरसफाइ गर्ने दिदी कुमारी राजवंशी ले पनि आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्नुभएको मैले महसुस गर्न पाए । निजी अस्पतालबारे सर्वसाधारणको सकारात्मक टिप्पणी विरलै सुनिन्छ । सरकारी अस्पतालमा प्रभावकारी उपचार भएको खण्डमा निजी अस्पतालमा यो भिड हुने थिएन । म पनि निजी अस्पतालप्रती हिजोसम्म नकारात्मक नै थिए । निजी अस्पताल भन्या पैसा बढी लिने र स्वास्थ किनबेच गर्ने थलो भनी बुझथे तर आफैलाई परेपछि मात्रै थाहा भयो ।

उपचार प्रक्रियामा अस्पतालका निर्देशक बालकृष्ण पोखरेल र प्रसाशकीय अधिकृत दिप सरले पनि जुन सदासयता, सहयोग र प्रोत्साहन गर्नुभएको थियो, त्यो झनै स्तुत्य छ । झापामै पनि अस्पताल त धेरै नै छन् तर मेरो बुबाको उपचारमा ओम साइ पाथीभरा हस्पिटलमा पाएको सुबिधा अनि सकारात्मक पहलको लागि म र हाम्रो परिवार आजीवन धन्य रहनेछ ।

लाएको नमरी स्वर्ग देखिन्न भने जस्तै मैले पनि परेर मात्रै बुझने अवसर पाए । निजी अस्पतालले तुलनात्मक रूपमा पैसा लिएका होलान् तर मेरो बुबा जस्ता धेरैलाई नयाँ जीवन पनि दिएका छन् । ओम साइ पाथीभरा हस्पिटलले मेरो बुबाको उपचारमा जुन लगन त प्रक्रिया, प्रविधि अपनायो, त्यसप्रती म, मेरो परिवार, आफन्तजन, शुभचिन्तक आभारी छौँ । अस्पतालमा कसैको निधन हुँदा ढुंगामुढा गर्ने मात्रै होइन, उपचार राम्रो भएर बिरामीले नयाँ जीवन पाउँदा आभार व्यक्त गर्ने बानीको विकास पनि गरौ । यसो गरेमा मात्रै उपचारमा सक्रिय डाक्टरहरु, नर्सहरु, परिचारिकाहरु र अस्पताल प्रशासनको उचित सम्मान हुनेछ ।

लेखक: विराट आधारभुत विद्यालय विराटपोखरमा कार्यरत शिक्षक हुनुहुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here