झापाका १० वर्षमुनिका ५६ जना बालबालिकामा कोरोना

0
959

झापा । झापामा २० बालिकासहित ५६ जना १० वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार देशभर संक्रमित ५ हजार ९ सय ७३ जना बालबालिकामध्ये झापामा मात्रै २० बालिका र ३६ बालकमा कोरोनाको संक्रमण देखिएको हो ।

सबैभन्दा बढी बागमती प्रदेशमा मात्र १० वर्षमुनिका ३ हजार ८१ जना बालबालिका संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ४३ हजार ३ सय ७७ जना कोरोना संक्रमितमध्ये ५ हजार ९ सय ७३ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो । तीमध्ये २ हजार ४ सय ४९ जना बालिका रहेका छन् भने ३ हजार ५ सय २४ जना बालक रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश १मा ५८२, प्रदेश २मा ४५१, गण्डकी प्रदेशमा २८०, लुम्बिनी प्रदेशमा ६०८, कर्णाली प्रदेशमा २१४, सुदूरपश्चिम प्रदेशमा ७५७ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ । तेह्रथुम, पाँचथर र मनाङ गरी ४ जिल्लामा अहिलेसम्म १० वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छैन । संक्रमितमध्ये ताप्लेजुङमा १ जना बालक, संखुवासभामा १ जना बालिका २ जना बालक, सोलुखुम्बुमा १ जना बालक, ओखलढुंगामा १ जना बालिका, खोटाङमा २ जना बालिका १ जना बालक, भोजपुरमा १ जना बालिका, धनकुटामा १ बालिका २ बालकमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै इलाममा ८ बालिका १ बालक, मोरङमा १४० बालिका १९३ बालक, सुनसरीमा ७८ बालिका ८८ बालक, उदयपुरमा ४ बालिका १ बालक, सप्तरीमा २० बालिका ४७ बालक, सिरहामा ५ बालिका २१ बालक, धनुषामा १८ बालिका ५० बालक, महोत्तरीमा ९ बालिका ३३ बालक, सर्लाहीमा २६ बालिका ३३ बालक, रौतहटमा २९ बालिका ४४ बालक, बारामा १९ बालिका २५ बालक, पर्सामा ३२ बालिका ४१ बालक, दोलखा १२ बालिका ९ बालक, सिन्धुपाल्चोकमा ६ बालिका ६ बालक, रसुवामा १ बालिका ,धादिङमा १० बालिका १२ बालक,नुवाकोटमा १० बालिका १९ बालकमा संक्रमण देखिएको छ ।

उता काठमाडौंमा ८७३ बालिका १२११ बालक, भक्तपुरमा ९७ बालिका १५९ बालक, ललितपुरमा १४६ बालिका र २१२ बालक, काभ्रेपलान्चोकमा ३६ बालिका ३७ बालक, रामेछाप ६ बालक , सिन्धुलीमा ४ बालिका र ४ बालक, मकवानपुरमा २८ बालिका ४५ बालक, चितवनमा ३६ बालिका १०२ बालक, गोरखामा १९ बालिका १७ बालक, मुस्ताङमा २ बालक, म्याग्दीमा १ बालिका २ बालक, कास्कीमा ४२ बालिका ४७ बालक, लमजुङमा ६ बालिका ११ बालक, तनहुँमा १२ बालिका १७ बालक, नवलपरासी पूर्वमा २६ बालिका ४३ बालक , स्याङ्जामा ५ बालिका १६ बालक संक्रमित छन् ।

त्यस्तै पर्वतमा १ बालिका ३ जना बालक, बाग्लुङमा २ बालिका ८ जना बालक, रुकुम पूर्व १ बालक , रोल्पामा २ बालिका १ बालक, प्युठानमा १६ बालिका १५ बालक, गुल्मीमा १५ बालिका १४ बालक, अर्घाखाँचीमा १२ बालिका १६ बालक, पाल्पामा १७ बालिका १५ बालक, नवलपरासी पश्चिममा १२ बालिका २० बालक, रुपन्देहीमा ९१ बालिका र ११७ बालक, कपिलवस्तुमा २४ बालिका ३१ बालक, दाङमा ३४ बालिका २९ बालक, बाँकेमा ४३ बालिका ४६ बालक, बर्दियामा १४ बालिका २३ बालक, डोल्पामा २ बालक , मुगुमा २ बालक, हुम्लामा १ बालक, जुम्लामा ४ बालिका ३ बालक, कालिकोटमा ३ बालिका १२ बालक, दैलेखमा १२ बालिका ४७ बालक, जाजरकोटमा ३ बालिका १ बालक संक्रमित छन् ।

त्यसैगरी रुकुम पश्चिममा ३ बालिका २ जना बालक, सल्यानमा ६ बालिका १५ बालक , सुर्खेतमा ४३ बालिका ५३ बालक, बाजुरामा ३३ बालिका ३३ बालक, बझाङमा ३३ बालिका ५९ बालक, दार्चुला ५ बालिका ५ बालक , बैतडीमा १० बालिका १२ बालक, डडेल्धुरामा ७ बालिका १७ बालक, डोटीमा ६४ बालिका ८७ बालक, अछाममा ४१ बालिका ७९ बालक, कैलालीमा ८६ बालिका १३० बालक, कञ्चनपुरमा २७ बालिका २९ बालकमा संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here