विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना

0
736

किमाथाङ्का,

सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताउनुभयो । नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गर्नुभएको हो ।

बजगाईँले भन्नुभयो, “विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिब विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भनेर कोषको स्थापना गरेको हूँ ।”

आफू नेपाली सेनामा कार्यरत रहेकाले सैनिक र नागरिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले कोष स्थापना गरेको उहाँको भनाइ छ । बजगाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा वरुण बहुमुखी क्याम्पस खाँदबारीमा रु एक लाख २५ हजार ५२५ को अक्षयकोष स्थापना गर्नुभएको हो ।

उहाँले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगार्इँ’ अक्षयकोष स्थापना गर्नुभएको हो । दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गर्नुभएको छ ।

त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा रु ११ हजार १११ हस्तान्तरण गर्नुभएको छ । विवाह शुरुवातीकै अवसरमा बजगाईँले महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बाहिरा स्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा सहयोग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here