नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स

0
646

बलेवा,

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गर्नुभएको छ । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गर्नुभएको हो ।

झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु ११ लाखमा खरीद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताउनुभयो । पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए ।

स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरीद गर्ने वाचा गर्नुभएको थियो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here