सहारा सहकारी पत्रकारिता पुरस्कारबाट मुखिया पुरस्कृत

0
1238

झापा ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान गरिएको छ ।

सहकारीको २४ औं वार्षिक साधारण सभाका अवसरमा मुखियालाई २५ हजार नगद राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

१ नम्वर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामकुमार रानाको प्रमुख आथित्यमा आयोजित कार्यक्रमकाबीच उक्त पुरस्कार मुखियालाई प्रदान गरिएको हो ।

अढाई दशक अघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले पाएको पुरस्कारको रकम मध्ये ५ हजार ५ सय ५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गर्नुभयो ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यस अघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

पत्रकारितामा इमान्दारीता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलो पटक पुरस्कृत हुन पाउँदा गौरव लागेको बताउनु भएको छ । उहाँले यो पुरस्कारले आफूलाई थप जिम्वेवार र लगनशील भएर अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला, लगायतले बोल्नु भएको थियो ।

सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमारले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सहकारीका उपाध्यक्ष उप्रेन्द्र प्रसाद ओलीले स्वागत गरेको कार्यक्रम चित्रकला ओली र शुक्रवहादुर तामाङले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here