बिर्तामोडमा नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय

२७ मंसिर २०७७, शनिबार मा प्रकाशित

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ द्वारा सञ्चालित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय शनिबार उद्घाटन गरिएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान  झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको उद्घाटन गरिएको हो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यले पार्टी र देशका लागि पुर्याएको योगदान युवापुस्तामाझ पुर्याउनका लागि उनको स्मृतिमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान स्थापना गरिएको वताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोख्रेलले अवको शिक्षा प्रविधीमैत्री बनाउनुपर्ने बताउँदै देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।

 

देशमा विज्ञान–प्रविधिमा आधारित प्राविधिक शिक्षाको आवश्यकता र औचित्य बढ्दै गएकोले तीनै तहको समन्वयमा सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनुपर्नेमा जोड दिँदै उनले मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्दै अगि बढ्नु जरुरी रहेको बताएका छन् ।

शिक्षालाई श्रमसंग ,श्रमलाई सिपसंग र सिपलाई उत्पादनसंग जोडेर लैजानु पर्ने बताउँदै उनले शिक्षाले सिप दिन नसक्दा आज डिग्रीहोल्डरहरु पनि विदेश पलायन हुन वाध्य भएको बताए । उनले नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले सर्भसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नेकुरामा आफू बिश्वस्थ रहेको बताए ।

कार्यक्रममा क्षेत्र नं. २ कि साँसद पवित्रा निरौला खरेल , प्रदेश नं.१ कि सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर , प्रदेश साँसद झलकसिंह दर्लामी ,भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ , अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना , नेकपा झापाका अध्यक्ष चिन्तन पाठक , नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीका अध्यक्ष निर्मल बराल लगायतले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको योेगदानको बारेमा चर्चा गर्दै उनले देखाएको पथमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले आत्मनिर्भर प्राविधिक शिक्षा आजको आवश्यकता भएकोले नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले आगामी दिनमा त्यो अपेक्षा पूरा गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा २०७६ सालमा झापाको विर्तामोड –४मा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापा शाखा स्थापना गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) संग सम्झौता गरेर दुई सय भन्दा वढीलाई निःशुल्क कम्प्युटर शिक्षा , व्युटिशियन , सिलाईकटाई , मौरीपालन , वाख्रापालन , वेमौसमी तरकारी खेती ,पशु स्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाका  अध्यक्ष ज्योतिसिंह दर्लामीले वताए ।

त्यस्तै नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) संग सम्झौता गरेर एसईई परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुकालागी तीन वर्षे डिप्लोमा तहका बाली विज्ञान , पशु विज्ञान , वन विज्ञानका कोर्षहरु सञ्चालन गरिने उनले वताए ।

कार्यक्रममा संविधान सभा सदस्य मोहन टुडु , प्रदेश साँसद पुर्णसिंह राजवंशी , पूजा खनाल , कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , झापाका सहायक प्रजिअ कृष्णबहादुर शाही , लक्ष्मी न्यौपाने सरु , बिर्तामोड नपा –२ का वडाध्यक्ष नगेन्द्र संग्रौला , रवीन्द्र सुवेदी , सिताराम अधिकारी , व्रह्माकुमारी हरिता , क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पित , वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी लगायतको आतिथ्य रहेको कर्मचारी मिलन पोखरेलले बताए ।

कार्यक्रमको सञ्चालन नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सदस्य विष्णुप्रसाद उप्रेतीले गरेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका झापाका सचिव जयप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here