बुद्धशान्ति ।

बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ ।
शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हाे । २०२१ को कार्य समितिको अध्यक्षमा जेसी अनिल वाग्ले सर्वसम्मत चयन भएको जेसि आयुष निरौलाले जानकारी दिएका छन ।
कार्यकारीणी उपाध्यक्षमा जेसी अर्जुन ढकाल र जेसी कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसी अनिल घिमिरे,जेसी बिनोद रिजाल, जेसी रुद्र निरौला, जेसी पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।
बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षता, सस्थापक अध्यक्ष प्रकाश सिवाकोटीको विशेष आथित्यमा भएको साधारण सभामा नेपाल जेसिजका राष्टिय उपाध्यक्ष जेसी विशाल थापाको प्रमुख आतिथ्या रहेको थियो ।































