मृतक परिवारलाई आर्थिक सहयोग

0
576

राजविराज, 

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो ।

मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल रु ५१ हजारको चेक हस्तान्तरण गर्नुभयो । श्रीमान्को मृत्यु भएपछि इन्दुदेवीको परिवारले कष्टकर जीवन यापन गर्दै आएको थियो ।

घरपरिवारलाई गुजारा गर्न समस्या भइरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयोग गरेको स्थानिय महेन्द्र सदाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here