तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

0
511

तेह्रथुम।

तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको हो ।

घटनामा परेर सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो ।

हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here