बाह्रदशीमा विकासको लहर

0
1519

झापा,

१ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आइतवार दिनभर झापामा सञ्चालित विकासका योजना उद्घाटन र शिलान्यास गर्न व्यस्त रहे । मन्त्री कार्कीले झापाको गौरादहस्थित ट्राफिक प्रहरीको भवन उद्घाटनदेखि बाह्रदशी गाउँपालिकाको वडा कार्यालयको भवन शिलान्यास गर्न भ्याए ।


आइतवार विहान गौरादहमा ट्राफिक प्रहरीले तयार गरेको भवनको उद्घाटन गरेका मन्त्री कार्कीले बाह्रदशी गाउँपालिकामा दिनभर भवन उद्घाटन र शिलान्यास गरे । बाह्रदशी गाउँपालिकाको १ र ३ नम्वर वडाको नव निर्मित भवनको शिलान्यास गरेका कार्कीले पशुपति माविमा निर्माण गरिएको भवनको उद्घाटन गरे भने बाह्रदशी गाउँपालिका–१मा तयार गरिएको ज्येष्ठ नागरिक भवनको समेत उद्घाटन गरे । त्यस्तै उनले अमृत माविको नवनिर्मित भवनको समेत उद्घाटन गरे ।


अमृत मावि बाह्रदशी गाउँपालिका– १मा पर्छ भने पशुपति मावि वाह्रदशी गाउँपालिका–३ मा रहेको छ । बाह्रदशी गाउँपालिका–३को वडा कार्यालयका लागि राजगढ बजारदेखि पश्चिमतर्फ निर्माण हुने भवनको मन्त्री कार्कीले शिलान्यास गरे । आर्थिक वर्ष २०७७÷०७८मा गाउँपालिकाबाट प्राप्त वडाको १ करोड १० लाख बजेटमध्ये २५ लाख रुपैयाँबाट कार्यालय भवन निर्माण थालिएको वडाध्यक्ष वीरेन्द्र राजवंशीले बताए । वडा कार्यालय भवनका लागि लखु राजवंशीले ३ कठ्ठा र जानकीदेवी कार्कीले २ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेसँगै वडाको भवन बन्न लागेको हो ।
यस अघि वडा कार्यालयले आफ्नो नियमित काम भाडाको घरबाट प्रदान गर्दै आएको थियो । गाउँपालिकाबाट प्राप्त बजेटले दाताले दिएको जग्गामा क्रमागत बजेट लगाएर वडा कार्यालय भवन निर्माण सम्पन्न गरिने छ– वडाध्यक्ष राजवंशीले भने– भवन शिलान्यासपछि ठेक्का प्रक्रिया शुरु गरिन्छ । त्यस्तै १ नं. वडा कार्यालयका लागि समेत भवन निर्माण थालिएको छ । भागुडुव्वा वजार नजिकै निर्माण गरिने भवनको समेत मन्त्री कार्कीले नै शिलान्यास गरे । गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३८ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माण गरिने वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताएका छन् ।


भवनका लागि दुर्गावती राजवंशीले ४ कठ्ठा जग्गा निःशुल्क उपलव्ध गराएकी छिन् । त्यस्तै बाह्रदशी गाउँपालिका–१मा नै ज्येष्ठ नागरिकको हक हितका लागि प्रदेश सरकारको सहयोगमा ‘ज्येष्ठ नागरिक सामुदायिक भवन’ निर्माण भएको छ । सो भवनको समेत मन्त्री कार्कीले नै उद्घाटन गरेका छन् । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बामा प्रदेश सरकारको एक करोड ३६ लाख ६५ हजार रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरिएको बाह्रदशी गाउँपालिका–१का वडाध्यक्ष राजवंशीले बताए । स्थानीय दाता पदम थापा र पूर्णमाया थापाले एक÷ एक कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि सामुदायिक भवन निर्माण थालिएको थियो । गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजनकीर्तनमा सहभागी गराएर सँधै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष राजवंशीको भनाइ छ ।


वडाकै सहयोगमा धार्मिक सभा सम्मेलन, जिल्लाभरिका ज्येष्ठ नागरिकलाई भेला गर्दै धार्मिक प्रवचन, महायज्ञ, पुराना अनुभव साटासाट, गीता, रामायण, महाभारत जस्ता धार्मिक पुस्तकको पाठ गराउँदै वृद्धवृद्धालाई सँधै खुशी राख्न वडाको प्रयास रहने छ– वडाअध्यक्ष राजवंशीले भने– दुईतले भवनको तल्लो तलामा सभाहलसहित किचन, डाइनिङ र माथिल्लो तलामा चारवटा कोठा पाहुना कक्ष बनाइन्छ । धार्मिकसभा सम्मेलनमा आएका पाहुनालाई त्यहीँ बस्ने वातावरण मिलाउने र सामुदायिक भवनमै खानाको समेत प्रबन्ध गर्दै गाउँपालिकाकै पहिलो र नमूना ज्येष्ठ नागरिक सामुदायिक भवन तयार गरिएको हो । यता मन्त्री कार्कीले अमृत माविको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । जिल्ला समन्वय समिति झापा र बाह्रदशी गाउँपालिकाको एक करोड १ लाख रुपैयाँको लागतमा निर्मित भवन ८ कोठे रहेको छ ।
शिक्षासेवी स्वर्गीय अमृत राजवंशीले यसअघि विद्यालयका लागि दुई विगाह जमिन उपलव्ध गराएपछि सोही जमिनमा विद्यालय भवन निर्माण गरिएको हो । यसअघि सो विद्यालयमा कक्षा आठसम्म मात्र पठनपाठन हुँदै आएको थियो । बाह्रदशी गाउँपालिकाको पहलमा विद्यालयको स्तरोन्नतिसंगै भवन थप गरिएपछि सो विद्यालयले माध्यमिक कक्षा सञ्चालनको अनुमति पाएको हो । आइतवार विद्यालयको भवन उद्घाटन गरिएसँगै अब त्यस क्षेत्रका विद्यार्थीलाई पठनपाठनमा सहज हुने अपेक्षा गरिएको छ । यसैबीच विद्यालयका जग्गादाता परिवारलाई सम्मान गरिएको छ । राजवंशीकी श्रीमती पद्मावती राजवंशीलाई सम्मान–पत्र प्रदान गर्दै मन्त्री कार्कीले दोसल्ला ओढाएर सम्मान गरे ।
त्यस्तै भागुडुव्वामा सशस्त्र प्रहरी वेस क्याम्पका लागि जग्गा दिने दाता सुशीला राजवंशीलाई सम्मान गरिएको छ । उनले आफ्ना श्रीमान भद्रसिंह राजवंशीको डाका समूहले हत्या गरेपछि भागुडुब्बामा सशस्त्र प्रहरीको भवन निर्माणका लागि निःशुल्क पाँच कठ्ठा जमिन प्रदान गरेकी हुन् ।
यता ज्येष्ठ नागरिक भवन निर्माणकालागि जग्गा दिने दाता पदम थापा र पूर्ण माया थापालाई समेत सम्मान गरिएकोछ । यसैबीच वडा कार्यालयलाई जग्गादिने दाता दुर्गावती राजवंशीलाई समेतसम्मान गरिएको छ ।वाह्रदशी–१का वडाध्यक्ष शम्भूसिंहराजवंशीको अध्यक्षतामा भएको कार्यक्रममास्वागत वडा नम्वर ५का वडाअध्यक्षभूपेन्द्र कट्वालले गरेका थिए । वाह्रदशीगाउँपालिकाकी उपाध्यक्ष रात्नाकुमारराजवंशीले समग्र बाह्रदशीमाभइरहेको विकासका विषयमाजानकारी गराएका थिइन् ।कार्यक्रममा वाह्रदशी गाउँपालिकाअध्यक्ष खड्गप्रसाद राजवंशीलेवाह्रदशीको विकासमा संघीय सरकारलेविभेद गरे पनि प्रदेश सरकारले सहयोगगरेको भन्दै खुशी व्यक्त गरे । उनलेगाउँको विकासका लागि पालिकाले समेतउच्च प्राथमिकता राखेको बताउँदै सबैनागरिकलाई विकासको गतिमा जोड्नस–साना कार्यक्रमहरु सञ्चालन गरिरहेकोबताए । उनले वाह्रदशीको विकासका लागिगाउँपालिकाले कुनै कसर वाँकी नराख्नेधारणा राखे ।यसैबीच आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेश सरकारले अहिले
समानुपातिक विकास गरिरहेको र बाह्रदशीमात्र होइन सिङ्गो प्रदेशको विकासमाआफूहरु दत्तचित्त भएर लागीपरेको बताए ।उनले बाह्रदशीको विकासका लागि प्रदेशसरकार तयार रहेको र यस ठाउँकोविकासका लागि के कस्ता योजनासञ्चालन गर्नु पर्छ छनौट गरेर प्रदेशसरकारसँग माग गर्न अनुरोध गरे ।कार्यक्रममा बाह्रदशी गाउँपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधि,सर्वसाधारण, नागरिक समाज,शिक्षासेवी, दाता तथा दाता परिवारकासदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन बाह्रदशीगाउँपालिकाका योजना अधिकृततेजप्रसाद रेग्मीले गरेका थिए ।
कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष यादव मिश्र, ३ का वीरेन्द्र प्रसाद राजवंशी सहित सात वटै वडाका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here