पथारु राजवंशीको घर बनाउन जुट्यो चारआली जेसीज

0
1410

चारआली,

चारआली जेसीज स्थानिय विपन्न पथारु राजवंशीको घर निर्माणमा जुटेको छ । अर्थिक विपन्नताका कारण जीर्ण घरमा गुजरा गर्दै गरेका राजवंशी परिवारका लागि जेसिजले मेचीनगर १३ उत्तरगंगा टोलमा नयाँ घरको लागि शिलान्यस गरिसकेको छ ।

‘मानविय सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको आस्थालाई बढोत्तरी दिदै चारआली जेसीजले पथारु राजवंशीको घर निमांणमा जुटेको छ । करिब ६ लाख ७९ हजारको अनुमानित लागतमा निमार्ण हुने उक्त घर जेसिजका सदस्य तथा स्थानिय दाताहरुको जिन्सी सहयोगबाट घर निमार्ण गरिने निमर्ण समिति संयोजक भोजराज पराजुलीले जानकारी दिए ।

जेसीजले गत बिहिबार जेसिजले राजवंशीको घरको शिलान्यास गरेको छ । चारआली जेसीजका अध्यक्ष विकास निरौला (दिपेन्द्र), महासचिव टिका रिजाल तथा निमार्ण समिति संयोजक भोजराज पराजुलीले संयूक्त रुपमा उक्त घरको शिलान्यास गरेका हुन ।

चार जनाको परिवार रहेको राजवंशीको बन्दै गरेको घर २ वटा कोठा र बरण्डा रहनेछ । पथारु राजवंशी विपन्न परिवार घर निर्माण समितिका कोषाध्यक्ष संगित शिवाकोटीका अनुसार१ महिना भित्रमा घर निर्माण सम्पन्न गरी राजवंशी परिवारलाई हस्तान्तरण गरिनेछ ।

चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णु रिमालले जेसीज सदस्यहरुले आफ्नो महत्वपूर्ण दिन तथा उत्सवहरुमा जमघट गर्ने र सामाजिक उत्तरदायित्व वहन गर्ने अभ्यासमा आफूँहरु भएकाले यस्ता किसिकको कार्यहरुमा जेसीज सक्रिय रुपमा लागेको बताए । उनले पथारु राजवंशीको घर निर्माणमा स्थानिय दाताहरुको समेत सहयोग रहने कुरामा विश्वास साथै आह्वान गरे ।

उता पथारु राजवंशी भने वर्खामा बाछिट्टा र जाडोमा सिरेटो झेल्नुपर्ने समस्याबाट मुक्त हुने भएपछि चारआली जेसिजलाई धन्यवाद दिन्छन् । राजवंशी भन्छन् –‘‘मजदुरी गरेको पैसाले गुजरा चलाउन गा¥हो छ, घर बनाउने योजना बन्थ्यो तर पुरा हेन्थेन’’, भावुक बन्दै उनले भने –‘‘जेसिजले मेरो घर बनाईदियो, अब जाडो र पानीको समस्या रहेन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here