झापा ।

झापाको मेचीनगर नगरपालिका–७ बाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।
पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कांकडभिट्टाले जनाएको छ ।































