जीमेल, गुगल र युट्युब ‘डाउन’ : विश्वभरका प्रयाेगकर्ता प्रभावित

0
867

काठमाण्डाै,

अहिले विश्वभरि नै सबैभन्दा लाेकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेकाे छ तर गुगल, जीमेल र युट्युबकाे भने सर्भर नै डाउन भएकाे छ ।

डाउनडेक्टरका अनुसार ११:५६ जीएमटी समयदेखि विश्वभरका प्रयाेगकर्ता प्रभावित बनेका हुन् । गुगलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकाे छैन ।

यद्यपि युट्युब नचलेकाे भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटकाे प्रयाेग गर्न नसकेकाे, ४२ प्रतिशतले भिडियाे देख्न नसकेकाे र तीन प्रतिशतले लग इनमा समस्या देखिएकाे बताएका छन् ।

त्यस्तै जीमेलमा समस्या देखिएकाे भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेकाे, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेकाे र आठ प्रतिशतले सन्देश प्राप्त नभएकाे गुनासाे गरेका छन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here