झापा नाटकघरका लागि छ जनाले गरे जग्गादानको घोषणा

0
1613

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरका लागि छ जना दाताले जग्गादानको घोषणा गरेका छन् ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरका लागि जमिनको अभाव भएपछि झापा नाटक घर निर्माण ब्यबस्थापन समितिको आयोजनामा सोमबार भएको भेलामा उनीहरुले जग्गादानको घोषणा गरेका हुन् ।

बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जमिन र निरौलाकै छ कठ्ठा जमिन १० वर्ष लिजमा लिएर दुई करोड ५० लाख रुपैयाँको लागतमा २०७६ साल असार ११ गते बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण शुरु गरिएको र हालसम्म एक करोड १५ लाख रुपैया संकलन भई झापा नाटक घरको निर्माणको ५० प्रतिशत कार्य सकिएको बताइएको छ ।

बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरका लागि जमिनको अभाव भएपछि जमिनको क्षेत्रफल बिस्तार गर्न आबश्यक परामर्श संकलनका लागि सल्लाहकार समिति, निर्माण उपभोक्ता समिति,अनुगमन समिति,सञ्चार समिति,नाट्य समूहका बिभागिय समिति तथा केन्द्रीय समितिको समेत सहभागितामा भएको भेलाले निर्माण स्थल परिसरमा साडे छ कठ्ठा जमिन खरिद गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरेको हो ।

 

जमिन खरिदका लागि क्षितिज नाट्य समूह झापाको आन्तरिक कोषमा रहेको केही रकम बाहेक करिव ६५ लाख रुपैयाँ आबश्यक परेकोले एक लाख एक हजार मूल्य बराबरको एक धुर जमिनको मूल्य निर्धारण गरि उक्त जमिन खरिदका लागि सरोकारवालासंग आग्रह गरेको थियो ।

क्षितिज नाट्य समूहको आग्रह वमोजिम बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरका लागि सल्लाहकार समितिका सदस्यहरु राजकुमार पोखरेल , सिपी कडरिया , झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईं , सदस्य सुवास भट्टराई, डिल्लीराम सिटौला , क्षितिज नाट्य समूहकी उपाध्यक्ष सुजना खतिवडाले एक –एक धुर जमिनको रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंको अध्यक्षतामा भएको भेलामा सल्लाहकार समिति सदस्य राजकुमार पोखरेल, सीपी कडरिया ,उमानाथ ओली , बिर्तामोड –२ का वडाअध्यक्ष नगेन्द्र संग्रौला, झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका सहसंयोजक कुमार भट्टराई , सदस्य सुवास भट्टराई ,बिर्तामोड उद्योग बाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल बिमली लगायतले झापा नाटक घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही कार्यक्रममा मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा कोहेड कलेज बिर्तामोडका प्रिन्सिपल उमानाथ ओलीले आफ्नो जन्मदिनको अबसरमा झापा नाटक घर निर्माण सहयोगका लागि घोषित तीन सय ६६ थान इँट्टा बराबरको रकम प्रदान गरेका थिए भने बिर्तामोड –१ निवासी राजु बस्नेतले झापा नाटक घर निर्माणका लागि पूर्व घोषित रकम २५हजार रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रमको सहजीकरण क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here