मोरङ।

मोरङको बिराटनगर–१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखियादेवि साहको मृत्यु भएको छ ।
सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिँदा उनी गम्भिर घाईते भएकी थिईन्।
गम्भिर घाईते भएकी उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई(७ का बिक्रम साह नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।































