दुई हजार ४६० केजी चिनी सहित चार जना पक्राउ

0
1582

विराटनगर ।

प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाटदुई हजार ४६० केजी चिनी सहित चार जनालाई पक्राउ गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याइएको सो चिनी एक लाख ४७ हजार मूल्यबराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सोमबार बेलुका धनपालथान गाउँपालिका–४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित मोरङ रंगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दीपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल पक्राउ परेका हुन् ।

प्रहरीले गोदाम परिसरबाट को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here