मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा सम्पन्न

0
1284

अध्यक्षमा ललितकुमार चयन

लक्ष्मी उप्रेती/काँकरभिट्टा ।

ललितकुमार बोहोराको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालकालागि १८ सदस्यीय नयाँ नेतृत्व चयन गदैं मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको ।

चेम्वरको सभाहलमा नेपाल चेम्वर अफ कर्मसका १ नम्बर प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले साधारण सभाको उद्घाटन गर्नुभएको थियो । उहाँले हरेक व्यवसायीहरु एक आपसमा नफुटी जुटेर आफ्ना हक हित र अधिकार संरक्षण तथा प्राप्तिका एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि व्यवसायीले हरेक व्यवसायीहरुलाई प्रतिस्पर्धी भन्दा पनि मित्रवत व्यवहार गर्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले विचार राख्नुभयो । छरिएर रहेका हरेक व्यवसायीहरुलाई एउटै छातामूनि गोलबद्घ गराउनुपर्ने भन्दैं उहाँले यसका लागि व्यवसायीहरुका संघ संगठनहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि राष्ट्रको उन्नति, प्रगति र विकासको परिचय त्यस राष्ट्रको आर्थिक विकासले प्रतिविम्बित गर्ने भन्दैं आर्थिक विकास विना राष्ट्र विकासको परिकल्पना गर्न नसकिने धारणा राख्नुभयो । राष्ट्रको आर्थिक विकासमा उद्योग र वाणिज्य जस्ता व्यवसायिक क्षेत्रले अंहम भुमिका निर्वाह गरेको बताउदैं घिमिरेले निजी क्षेत्र संलग्न रहने व्यवसायिक क्षेत्र, उद्योग र वाणिज्य क्षेत्रलाई आर्थिक विकासको मूख्य मेरुदण्डको रुपमा लिने हो भने राष्ट्रलाई आर्थिक विकासको गतिमा डो¥याउन नीजि क्षेत्र संलग्न रहने यी उद्योग तथा वाणिज्य क्षेत्रको सहि ढंगबाट विकास गर्न नितान्त जरुरी रहेको बताउनुभयो ।

यसो गर्न सकिएन भने राज्यको अर्थतन्त्र पहिया विनाको गाडी जस्तै हुने भन्दैं राज्यले वर्तमानमा लिएको तीन खम्बे आर्थिक नीतिको एक प्रमुख खम्बाको रुपमा लिइएकोे निजि क्षेत्रको राष्ट्र विकासमा योगदान कति हुन जान्छ, भन्ने अनुमान लगाउन सकिने धारणा राख्नुभयो ।

मेची चेम्बर अफ कर्मसका अध्यक्ष बोहोराले संस्थाको विगत र वर्तमानका बारेमा भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो । “फस्टाउँछ व्यवसाय उद्योग व्यापार, मजबुत बन्छ स्थानीय सरकार ” भन्ने मुल नारा लिएर सेवामा आधारित संस्थाका रुपमा २०७७ साल साउन ६ गते संस्था ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भई तदर्थ समिति गठन भएको तदर्थ समिकिता संयोजक ललितकुमार बोहोराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

उहाँले संस्थाको भावी योजनका बारेमा बताउदैं विधान संशोधन गर्ने,उत्पतिको प्रमाणपत्र वितरण गर्ने, संस्थामा सदस्यहरु विस्तार गदै लैजाने, कर सम्बन्धी अन्तरक्रिया,तालिम, गोष्ठी सम्पन्न गर्ने, मेचीनगर क्षेत्रका ब्यापारीहरुको समस्यालाई समन्वयात्मक ढंगबाट समाधान गर्न पहल गर्ने, मेचीनगरका विस्थापित बजारलाई स्थापित गर्ने भूमिका निर्वाह गर्ने, विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्ने, विभिन्न उद्योग तथा ब्यवसाय क्षेत्रका ब्यापारीहरुको हकहित संरक्षण गरी स्थानीय सरकारलाई सहयोग पु¥याउने भूमिका निर्वाह गर्ने ,शिक्षा र स्वासथ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने, धुलाबारी बजारमा सीसी टिभी क्यामेरा जडान आवश्यक जरुरी देखिएको हुदाँ मेचीनगर नगरपालिकासँग समन्वय गरी छिटो भन्दा छिटो जडान गर्न पहल गर्ने र आगामी दुई वर्ष भित्रमा अन्तर्राष्ट्रिय ब्यापार मेलाको आयोजना गर्ने जानकारी गराउनुभयो ।

‘फस्टाउछ व्यवसाय उद्योग व्यपार, मजवुत बन्छ स्थानीय सरकार’ भन्ने मुख्यः श्लोगनसहित सम्पन्न साधाराण सभाको उद्घाटन पछि निर्वाचन समितिकातर्फबाट निर्वाचन समितका संयोजक यमनाथ विमलीले सर्वसम्मत चयन भएका पदाधिकारीहरुको नामावली प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार अध्यक्षमा ललितकुमार बोहोरा, बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायाण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा मोहन कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा रुकमिणा आचार्य पोख्रेल सर्वसम्मत चयन हुनुभएको हो ।

यसैगरी, सदस्यहरुमा सृजना पाण्डे, सुरज चौधरी, नरेश कुमार लावती, गोपीचन्द्र बराल, केशवराज दाहाल, कान्छा हुमागाई (गोकुल, सुवण भट्टराई, पुनित गोयल र प्रल्लाद थापा चयन हुनुभएको छ । सचिव कृष्णप्रसाद पनेरुले सञ्चालन गरेको उद्घाटन सत्रमा चेम्बर अफ कर्मस झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, महिला चेम्बर अफ कर्मस झापाका अध्यक्ष प्रेमा भट्टराई, चेम्बर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली, वरिष्ठ उपाध्यक्ष सुभाष भट्राई, उपाध्यक्ष यमनाथ विमलीलगायत उद्योग व्यवसायीहरुको सहभागिता रहेको सदस्य सिर्जना पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here