किराना पसलमा आगलागी डेढ करोड रुपैयाँ बराबरको क्षति

0
1057

मोरङ।

मोरङको सुनवर्सी नगरपालिका–२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा एक करोड ५० लाख रुपैंया बराबरको क्षति भएको छ ।

पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त आगलागी बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आज बिहान ९ बजे नियन्त्रणमा आएको तथा आगलागीबाट मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here