सुनसरी ।

सुनसरीको दुहवी नगरपालिका–९ मुसहरी टोलबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले एक केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































