खाना पकाउने ग्यासको कालोबजारी गर्ने पक्राउ

0
858

मोरङ।

खाना पकाउने ग्यासको कालोबजारी गर्ने एक जना मोरङको बिराटनगर महानगरपालिका–१४ मलाहा रोडबाट पक्राउ परेका छन् ।

मनिष यादवले संचालन गरेको फोटोकपी तथा ग्यास पसलबाट यादवले एउटा ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्यासको तौल कम गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

यादवको पसलबाट प्रहरीले ठूलो ग्यास सिलिन्डर–११ थान ,सानो ग्यास सिलिन्डर –दुई थान, तौल मेसिन–एक थान , रेगुलेटर–दुई थान र एयर लिंक गर्ने पाईप एक थान समेत बरामद गरेको छ ।

यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here