मोरङमा कोरोना भाइरस स‌ंक्रमित दुईजनाको मृत्यु

0
624

विराटनगर,

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मंगलबार राति दुईजनाको मृत्यु भएको छ।

मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिकाका दुई कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जानएको छ। सुन्दरहरैँचा–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजे मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए।

मंसिर २९ मा कोरोना पुष्टि भएका ती युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेर उपचार थालिएको भोलिपल्ट उनको मृत्यु भएको हो।

त्यस्तै, पथरीशनिश्चरे–१ की ७३ वर्षीया वृद्धाको राति ८ः५० बजेतिर मृत्यु भएको हो। डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो। ती महिलामा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here