खोटाङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

0
1115

खोटाङ,

उदयपुर लिम्चुङबुङ–४ बल्मता बस्ने १८ वर्षीय किरण राईको ट्याक्टर दुर्घटनामा परेर मृत्यु भएको छ।

आज बिहान साढे ८ बजे खोटाङ खोटेहाङ–६ सिम्पानी रोक्सिङ सहायक सडकखण्डमा सुपप्र ०१–००२ त ४२९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा सोही ट्याक्टरका सहचालक राईको घटस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

ट्याक्टर चालक १९ बर्षीय टुजन राई घाइते भएकोमा उनको गाईघाट अस्पताल उदयपुरमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here