साङ्गवेद संस्कृत माविको अध्यक्षमा भण्डारी , शिक्षक –अभिभावक संघमा पौडेल

0
896

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोड –२ मा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रम चारपानेको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा आचार्य छन्दुराम भण्डारी चयन भएका छन् ।

 

 

बिद्यालयमा भएको अभिभावक भेलाबाट भण्डारीको अध्यक्षतामा बिद्यालय ब्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित समितिको सदस्यहरुमा बिर्तामोड –२ का वडाध्यक्ष नगेन्द्र संग्रौला , भावना भट्टराई , पार्वती सापकोटा , सृजना भट्टराई पौडेल , मेनुका आचार्य पोख्रेल , सीता देउजा रहेका छन् ।

त्यस्तै शिक्षक प्रतिनिधीमा सोमनाथ गौतम र सदस्य सचिवमा प्रधानाध्यापक दामोदार न्यौपाने रहेका छन् ।

त्यसैगरी बिद्यालयमा भएको अभिभावक भेलाले भिमादेवी ढुंगेल पौडेलको अध्यक्षतामा शिक्षक –अभिभावक संघ गठन गरेको छ ।

 

शिक्षक –अभिभावक संघका सदस्यहरुमा अम्बिका खनाल , निर्मला अधिकारी , तिर्थराज पौडेल , इन्दिरा आचार्य , जयराम कोइराला , शेखरनाथ पौडेल , कृष्णमाया रिजाल , श्यामप्रसाद दाहाल रहेका छन् ।

नवगठित समितिलाई विवेकाश्रम चारपानेका अध्यक्ष व्यासाचार्य धर्मगुरु किशोर गौतम , उपाध्यक्ष पण्डित बिष्णुभक्त भण्डारीलगायतले कार्यकाल सफलताको शुभकामना दिएको शिक्षक भरत भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here