दमकका हरि कार्की उर्फ भोजपुरे बाले छतमै फलाए लोभलाग्दो मेवा, कुखुरापालन उस्तै

0
822

दमक ।

झापाको दमकमा पुराना होटल व्यवसायीको पहिचान बनाएका ज्ञान बहादुर कार्की ( हरी) उर्फ भोजपुरे बाले आफनै घरको छतमा लोभलाग्दो मेवा फलाएका छन । दमक ५ स्थित होटल भोजपुरेका सञ्चालक कार्कीले मेवाका जात÷प्रजात केही थाहा भएर वा मेवाका बारेमा पर्याप्त विज्ञता हासिल गरेर भने मेवा रोपेका होइनन ।

कार्कीले करिब ५ महिना अघि बजारबाट किनेर ल्याएको मेवामा रहेका गुटी ( बिउ दाना) छरेर उम्रिएको बिरुवामा अहिले लटरम्मै मेवा फलेपछि रमित लाग्दो देखिएको छ । छतमा बिरुवा त धेरै उम्रिएका थिए , फल्छ फल्दैन केही टुंगो भएन एउटा विरुवा जोगाएर हुर्काएको ख्याल ख्यालमै यस्तो पो भयो – लटरम्मै फल लागेको मेवाको बोट देखाउँदै कार्कीले भने ।

करिब ३÷४ फिट अग्लो मेवाको सो बोटमा झण्डै एक सय जति मेवाको फल लागेको थियो । मेवा खेतीका जानकार किसानहरुको सुझाव अनुसार साना आकारका मेवाका फल निकालिदिँदा अलि ठुलो आकारका मेवा अझै फस्टाएर बढने भएकाले अहिले छाटकाँट गरेर बोटमा अहिले ५० वटा जति मेवाका फल राखेको उनले सुनाए ।

पाँचौं तला रहेको कार्कीको घरको छतको एक कुनामा मेवाको लोभलाग्दो फल मात्रै छैन अर्को कुनामा स्थानीय जातका कुखुराको पालन उस्तै रमित लाग्दो छ । झण्डै ७०/८० वटा स्थानीय जातका कुखुरा उनले पालेका छन । होटलमा खासै धमाधम पनि नहुने र स्टाफहरुले नै धेरै जसो काम जिम्मेवारी सम्हाल्ने भएकाले आफू फूर्सदको समयमा छतमा गएर कुखुराको स्याहार सम्भार गर्ने गरेको उनले सुनाए ।

उमेरले ६ दशक पार गरिसकेका कार्कीले नजानिदो पारामा होटल व्यवसाय गर्दै आफनै घरको छतमा गरेको यो कृषि कर्म गफ हाँकेर समय विताउने युवा पुस्ताका लागि भने गतिलो झापड भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here