बिर्तामोड ।

बालबालिकालाई सानै उमेरमा सामाजिक कार्यमा प्रेरित गर्न सकेमात्रै उनीहरुलाई सतकर्ममा डो¥याउन सकिन्छ भन्ने उद्धेश्यले झापाका एक दम्पत्तिले आफ्नो मात्र होइन आफ्ना सन्तानको जन्मदिन वृद्धाश्रममा मनाउने गरेका छन् ।
झापाको बिर्तामोड – ६ सुगम शान्ति टोलका पदम श्रेष्ठ र दिपा श्रेष्ठले छोरा प्रिजेम्स श्रेष्ठको जन्मदिन बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा आर्थिक सहयोग गरेर मनाएका छन् । बिहीबार छोराको जन्मदिनको अवसर पारेर नगद पाँच हजार रुपैंया आर्थिक सहयोग गरेको बताइएको छ ।

सानै उमेरमा बालबालिकालाई मानविय सेवामा अभिप्रेरित गर्ने उद्धेश्यले छोरालाई वृद्धाश्रममा लगेर वृद्धा बुबा–आमालाई सहयोग गर्दै जन्मदिन मनाइएको बताइएको छ ।

पाँच वर्षीय बालक प्रिजेम्सले आश्रममा रहेका बुबा आमालाई विस्कुट र मास्क दिएर खुशी बाँडेका थिए । झापा सहित विभिन्न जिल्लामा ३२ जना वृद्धवृद्धाहरु आश्रममा रहेको जनाइएको छ । सानो बालकले आश्रममा पुगेर सहयोग गर्दा आश्रममा रहेका बुबा–आमाले शुखी हुदैं बालकलाई दिर्घायु र समाज सेवामा संधैं लाग्ने प्रेरणा मिलोस् भन्दै आर्शिवाद दिएका थिए ।

श्रेष्ठ दम्पत्तिले मानविय सेवामा लाग्दै परोपकारी सेवामा नानीहरुलाई अभिप्रेरित गर्ने उद्धेश्यले जन्मदिन वृद्धाश्रममा मनाउने गरेको जनाइएको छ ।































