मोरङ।

मोरङको बिभिन्न दुई स्थानबाट लागूऔषध खैरो हेरोईन सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी–९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन् । बिशेष सुराकका आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिराटनगर–१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुलाई चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । त्यस्तै बिराटनगर–१७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन ।
उनलाई बिराटनगर–७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । यसरी लागूऔषध खैरो हेरोईन सहित पक्राउ परेका तीनै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जनाएको छ ।































