अर्जुनधारामा शिव बाबा कृषि फर्म एण्ड नर्सरी

0
1440

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ मिलनचौकमा शिव बाबा कृषि फर्म एण्ड नर्सरी सञ्चालनमा आएको छ ।

विभिन्न प्रजातिका फलफूल, फूल, जडिबुटी, इनडोर र आउटडोर प्लान्टलगायतका बिरुवाहरुको उत्पादनसँगै व्यवसायिकरुपमा बिक्री वितरण गर्ने उद्धेश्यले सो नर्सरी सञ्चालनमा ल्याइएको व्यवसायी दिनानाथ शिवाकोटीले बताए ।
नर्सरीमा फलफूलतर्फ बा¥हमासे आँप, बा¥हमासे कटहर, बा¥हमासे कागती, एभोकाडो, ड्रागन फ्रुट, स्ट्रबेरी, काजु, लिची, रातो अम्बक र जडिबुटीतर्फ नागधोन, भृंगीराज, टिम्मुर, पत्थर चट्टा, पुर्ननवा, बोझो, चरीअमिलोलगायत २१ प्रजातिका बिरुवा पाइने सञ्चालक शिवाकोटीले जानकारी दिए ।

नगरलाई फलफूल, फूल, जडिबुटीलगायतका बिरुवामा आत्मनिर्भर बनाउन र रोजगारको सृजना गरी आर्थिक उपार्जन गर्नु पनि नर्सरी सञ्चालनको अर्को उद्धेश्य भएको उनी बताउँछन् । प्रारम्भिक १० लाख रुपैयाँको लगानीमा हाल दुई कठ्ठा क्षेत्रफलमा सुरु गरिएको सो नर्सरीलाई थप विस्तार गर्ने योजना उनको रहेको छ ।

२५ रुपैयाँदेखि पाँच हजार रुपैयाँ सम्मको करिब दुई सय प्रजातिका बिरुवाहरु पाइने दावी गरिएको उक्त नर्सरीमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नर्सरीमा उत्पादन भएका बिरुवाहरुलाई आगामी दिनमा देशभरी नै पु¥याउने लक्ष्य लिएको उनको रहेको छ ।

नर्सरी सञ्चालनको पाँच महिनामा पाँच लाख बराबरको विभिन्न प्रजातिका बिरुवाहरु विक्री गरेको उनले एक लाख रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिए । त्यसैगरी उनले तीन कठ्ठा क्षेत्रफलको जग्गामा अमला, इन्चाङ, एभोकाडो, ड्रागन फ्रुटको व्यवसायिक खेती सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here