प्रधानमन्त्री ओलीद्धारा संसद विघटनका लागि सिफारिस, प्रचण्ड बालुवाटारमा

0
1023

काठमाडौं, 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए। यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here