ओलीले गणतन्त्रमाथि कू गरे : प्रचण्ड

0
696

काठमाडौं,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले कू गरेको बताएका छ।

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले थाहाखबरलाई जानकारी दिए।

गणतन्त्रमाथि ओलीले कू गरेको प्रचण्डको भनाइ उदृत गर्दै सापकोटाले बताए। मन्त्रिपरिषदले आज बिहानै संसद विघटन गर्ने सिफारिस गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here