सवारी ज्यान, डाका र चोरी मुद्दाका तीन फरार अभियुक्त पक्राउ

0
793

झापा ।

जिल्ला प्रहरी कार्यालय झापाले सवारी ज्यान, डाका र चोरी मुद्दाका तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१०का २८ वर्षीय श्याम ठाकुर, मेचीनगर–१का बिसुन दनुवार र मेचीनगर–१०का विष्णुप्रसाद राजवंशी रहेका छन् । पक्राउ पर्नेमध्ये चोरी मुद्दाका ठाकुरलाई चोरी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरले ०७६ माघ २४ गते पाँच हजार जरिवाना र ६ महिना कैदको फैसला सुनाएको थियो ।

सोही समयदेखि फरार रहेका ठाकुरलाई प्रहरीले पुस २ गते घरबाटै पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । जरिवाना र २४ दिन कैद भुक्तान गरेका ठाकुरलाई पाँच महिना ६ दिन बाँकी कैद भुक्तानका लागि कारागार पठाउन अदालतले आदेश दिएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि कारागार पठाउन जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

यस्तै, सवारी ज्यान मुद्दाका दनुवारलाई झापा जिल्ला अदालतले ०६९मा २ हजार जरिवाना र २ महिना कैद हुने फैसला सुनाएको थियो । धरौटीबाट जरिवाना असुल गरिएको छ भने १ महिना ८ दिन कैद भुक्तानका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । दनुवारलाई पनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्का डाका मुद्दाका राजवंशीलाई झापा जिल्ला अदालतले ६ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो । फरार रहेका राजवंशीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । राजवंशीलाई पनि अन्य प्रतिवादी जस्तै रिपोर्ट नेगेटिभ आएपछि कारागार चलान गरिने प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here