कनकाई नेराशिसंको शपथ ग्रहण

0
1305

सुरुङ्गा । नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिको नवगठित समितिको शपथ ग्रहण सम्पन्न भएको छ ।

संगठनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा सपथ खुवाइएको थियो । संगठनको दोस्रो नगर अधिवेशनले ३ वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको समितिका अध्यक्ष गोपीकृष्ण भट्टराई, उपाध्यक्ष ज्ञानबहादुर रायमाझी, महिला उपाध्यक्ष मेनुकादेवी तिम्सिना, सचिव चन्द्रप्रसाद पोखरेल, सहसचिव निर्मलादेवी भट्टराई, कोषाध्यक्ष कृष्णप्रसाद गौतम र सहकोषाध्यक्ष तारादेवी सुवेदी पौडेल, सदस्यहरु दिलिपकुमार खतिवडा, नारायणप्रसाद अधिकारी, बीरेन्द्र ओली, संगीता उप्रेती, राजेन्द्रप्रसाद भण्डारी, योगराज खनाल, केशव ढुङ्गेल, खेमराज भट्टराई, सुशिला सुवेदी, सावित्रा पाण्डे, रीतादेवी घिमिरे र तारादेवी दर्नालले सपथ खाएका थिए ।

 

कार्यक्रममा कनकाई नगर समितिका पूर्व अध्यक्ष हरिप्रसाद तिम्सिना, संगठनका जिल्ला उपकोषाध्यक्ष मन्दिरा सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

 

सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिबद्धता मन्तव्य राखेका थिए । शिक्षक जनार्दन पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here