मुनाल झापा लिग विजेता

0
352

final munal
बिर्तामोड,माघ १३ । चन्द्रगढीको मुनाल क्लब झापा जिल्लास्तरीय रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएको छ ।
सोमबार स्थानीय डोमालाल रङ्गशालामा आयोजित फाइनल खेलमा विपक्षी अनारमनी एफसीलाई २–० गोलअन्तरमा हराउँदै मुनाल फेरि लिग विजेता भएको हो । मुनालका लागि खेलको २७औँ मिनेटमा पाएको पेनाल्टी प्रहारमा मित्र बस्नेतले गोल गरेर खाता खोलेका थिए ।
त्यस्तै, खेलको ५२औँ मिनेटमा पाएको अर्को पेनाल्टी सुटआउटमा विकास राईले गोल गरेर मुनाललाई जीत दिलाए । जीतसँगै मुनालले नगद १० हजार र ट्रफी तथा उपविजेता अनारमनीले पाँच हजार रुपैयाँमा चित्त बुझायो ।
झापा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ वटा फुटबल क्लब ए डिभिजनमा थिए । यस प्रतियोगिताबाट काँकरभिट्टा क्लब र मेची कृषक सहकारी क्लब रेलिगेशनमा परेका छन् ।
समापन समारोहमा विजेता तथा उपविजेता टिमलाई काशीलाल राजवंशी, दिपेन्द्र पोख्रेल, भोजराज सिटौला, राजकुमार पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए । संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here