ख्रीष्ट जन्मोत्सव तथा नयाँ वर्षको शुभकामना आदान प्रदान

0
726

बिर्तामोड ।

बिर्तामोड नगर इलाका ख्रीष्टियन समाजको आयोजना तथा ग्रेस ग्रुप अफ मिनिस्ट्रीजको संयोजनमा ख्रीष्ट जन्मोत्सव तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

बिर्तामोड नगर इलाका ख्रीष्टियन समाजका अध्यक्ष पास्टर क्रिष्पस सुव्वाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेल्थ रिसर्च सेन्टरका डा.कपिलमणि मिश्रले स्वागत गरेका थिए ।

कार्यक्रममा माउण्ट सिनाई चर्चका पास्टर विजय चाम्लिङले शुरुको प्रार्थना , माउण्ट सिनाई चर्चका कलाकारले स्वागत गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै केनरी इङ्लिस स्कूलका भाइस प्रिन्सिल मनीराज सुव्वाले प्रभुको बचन प्रस्तुत गरेको कार्यक्रममा गायक भक्त भण्डारीले गीत , एचसीपीसी मेचीनगर –१२ ले लाइभ प्रस्तुती , बिर्तामोड युथ व्याप्टीस्ट चर्चका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

 

बिर्तामोड –२ का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईं, ग्रेस ग्रुप अफ मिनिस्ट्रीजका डाइरेक्टर सन्तोष सुव्वा , विभिन्न चर्चका पास्टर , विश्वासी ,संगतीलगायतको सहभागिता रहेको थियो ।

गीदोन इन्टरनेशनल बिर्तामोड क्याम्पका अध्यक्ष बीरु दर्नालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन प्रार्थना भवन मण्डलीका डिकन केशव मैनालीले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here