भगवती आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

0
990

सुरुङ्गा ।

भगवती आधारभूत विद्यालय कनकाई नगरपालिका ५, चप्रामारीमा अध्ययनरत बालकक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा दलित, सीमान्तकृत र छात्रा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त २०७६ सालमै प्रदान गर्नुपर्ने उक्त छात्रबृत्ति विश्वव्यापी महामारी कोभिड(१९ को कारणले वितरण गर्न समस्या भएको र सो छात्रबृत्ति हाल वितरण गरिएको हो ।

त्यसै गरी, उक्त कार्यक्रममा विभिन्न अक्षयकोषदाताहरुले छात्रवृत्ति तथा पुरस्कार वितरण गरेका थिए । तारा ओली र अञ्जना ओलीद्वारा स्थापित एक लाख रुपैयाँको विष्णुप्रसाद ओली स्मृति अक्षयकोषबाट बाल कक्षादेखि कक्षा ८ का विद्यार्थीहरुलाई कपडा वितरण गरिएको थियो ।

मेरिगोल्ड हस्पिटल सुरुङ्गाका निर्देशक डा. रुपनारायण संग्रौलाद्वारा स्थापित १ लाख १० हजार रुपैयाँको कृष्णलाल संग्रौला स्मृति अक्षयकोष बाल कक्षादेखि कक्षा ८ सम्मका प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरुलाई जनही क्रमशः १ हजार, ५ सय र ४ सय नगद पुरस्कार प्रदान गरियो । कनकाई नपा(५ निवासी निरादेवी राईद्वारा स्थापित १ लाख १ हजार १ सय ११ राशिको डम्बरबहादुर राई स्मृति अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न हस्तान्तरण गरिएको थियो । विर्तामोड निवासी टंकप्रसाद भेट्वालले राखेको ५१ हजार १ सय ११ रुपैयाँको मन्दिरादेवी भेटवाल स्मृति अक्षयकोषबाट विद्यालयका निजी दरबन्दीमा कार्यरत शिक्षक धनमाया श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय शिक्षक परिवारले राखेको ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोषबाट वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमलीलाई सम्मानसहित पुरस्कृत गरियो ।

काठमाण्डौ विशालनगर निवासी नरेन्द्रप्रसाद पाठकले स्थापना गरेको ५१ हजार राशिको दिव्यश्वरा पाठक स्मृति अक्षयकोषको ब्याजबाट कक्षा ४(८ का प्रथम हुने विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विद्यालय हाजिरी प्रथम, अनुशासन प्रथम र सरसफाई प्रथमलाई जनही १ हजारका दरले नगद पुरस्कार वितरण गरिएको थियो । कनकाई नपा(३ का मनोरथ सेडाईंद्वारा स्थापित ५१ हजार १ सय ११ रुपैयाँको चनमाया(उमादेवी सेडाई स्मृति अक्षयकोष र २५ हजार ११ रुपैयाँ राशिको महेश्वरा(चन्द्रमाया पोखरेल स्मृति अक्षयकोषको व्याजबाट विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक निरपति दर्नाललाई सम्मानस्वरुप नगर पुरस्कार प्रदान गरिएको थियो ।

कनकाई(५ निवासी प्रेमप्रसाद पाठकले राखेको ५१ हजार १ सय ११ रुपैयाको धनमाया पाठक स्मृति अक्षयकोषबाट प्राप्त ब्याजबाट विद्यालय कर्मचारी गंगा प्रसाद गजमेरलाई पुरस्कृत गरिएको थियो । हल्दिबारी(२ निवासी लयप्रसाद शिवाकोटीले राखेको २५ हजार १ सय ११ रुपैया राशिको पर्शुराम शिवाकोटी स्मृति अक्षयकोषको प्राप्त व्याजबाट कर्मचारी र बाल शिक्षक सम्मानित भएका छन् ।

खड्गप्रसाद बिमली र देवीप्रसाद पाठकले राखेको अक्षयकोषबाट प्राप्त ब्याजबाट निजी शिक्षक निरपति दर्नाललाई सम्मान गरिएको थियो भने शशिधर स्मृति अक्षयकोषबाट विद्यालयका कक्षा १,२,३ का प्रथम छात्राहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो । गोपाल प्रसाई स्मृति अक्षयकोष र भगिरथा स्मृति अक्षयकोषबाट बाल शिक्षक, कर्मचारी र निजी स्रोत शिक्षकलाई थप नगद पुरस्कार प्रदान गरिएको थियो ।

वि.व्य.स अध्यक्ष ओमप्रसाद पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अक्षयकोष दाताको तर्फबाट क्रमशः लक्ष्मीप्रसाद पाठक, छबिलाल पोखरेलको आतिथ्य रहेको थियो । विद्यालयका प्र.अ खड्गप्रसाद बिमलीले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक कुमार पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here