सडक मानवलाई रोटरीकोे न्यानो टोपी

0
660

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले झापाका विभिन्न सडकपेटीमा रहेका सडक मानवहरुलाई जाडोको न्यानो टोपी प्रदान गरेको छ ।

कनकाई नगरपालिकाको खानेपानी कार्यालयको परिसरमा आयोजित झापा सहयोगापेक्षी सडकआश्रित मानवरहित जिल्ला घोषणा कार्यक्रममा झापाका विभिन्न स्थानबाट उद्धार गरी ल्याएका दुई सय जना सडक मानवहरुलाई जाडोको न्यानो टोपी प्रदान गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले बताए ।

कार्यक्रममा क्लवका सेक्रेटरी सिद्धार्थ नविन उप्रेती , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल , सेक्रेटरी सम्झना भण्डारीलगायतले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुल्ला आकाशमुनि रात बिताउन विवश, घरबारविहीन, बेसहारा, असहाय झापाका विभिन्न स्थानबाट उद्धार गरी ल्याएका सडक मानवलाई जाडोको न्यानो टोपी लगाइदिएका थिए ।

त्यस्तै उद्धार गरिएका सडक मानवलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले लत्ताकपडा उपलब्ध गराएको थियो भने उनीहरुलाई नेपाल उद्यमशील महिला संघ झापाले मोजा उपलब्ध गराएको संघकी अध्यक्ष पार्वता खरेल विमलीले बताइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here