पाँचथरको फिदिममा आजवाट पूर्वान्चल स्तरीय फाल्गुनन्द गोल्डकप प्रतियोगिता शुरु

0
413

जितेन्द्र भण्डारी pu
पाँचथर माघ १४ । पाँचथरको फिदिममा आजवाट पूर्वान्चल स्तरीय फाल्गुनन्द गोल्डकप प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोटिङ क्लवलाई ३–१ ले पराजित गर्दे सशस्त्र प्रहरी वल एपीएफ दमक विजयी भएको हो ।
खेलको हाफ टाइम अघिनै सशस्त्रका खगेन्द्र भूजेल र हरि कार्कीले गोल गरेका थिए ।
यस्तै हाफ टायम पछि दिपक लिम्वूले गोल गरी एपीएफलाई थप सशक्त वनाएका थिए ।
दोस्रो हाफको अन्तिम समय तिर आयोजक स्पोटिङक तर्फवाट भिष्म आङदेम्वेले जवाफमा एक गोल फर्काएका थिए ।
प्रतियोगिता अन्र्तगत भोली मोरङ र ताप्लेजुङ आपसमा प्रतिस्पर्धा गर्ने छन् ।
पूर्वान्चल र भारतको दाजिलिङ वाट गरी ८ टिम सहभागि प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार नगद हात पार्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here