खोटाङ ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।
सूर्य एक्सन कम्पनीको ट्याक्टर आइतबार उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका–१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।































