नेपालकी मेधा शर्मालाई एट्लास कोर ग्लोबल चेन्ज मेकर अवार्डबाट सम्मान

१३ पुष २०७७, सोमबार मा प्रकाशित

झापा ।

ग्लोबल इम्प्याक्ट गाला कार्यक्रममा नेपालकी मेधा शर्मालाई एट्लास कोर ग्लोबल चेन्ज मेकर अवार्डबाट सम्मान गरिएको छ ।

भिजिबल इम्प्याक्टकी अध्यक्ष मेधालाई किशोरी, महिला तथा युवाको जीवनमा पारेको प्रभावको सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

संसारभरीबाट अमेरिकामा एट्लास कोर फेलोशिप सम्पन्न गर्ने फेलोहरु मध्ये उनको छनौट भएको थियो । यस फेलोशिपलाई अमेरिकी सरकारले सहयोग गरेको थियो र प्रत्येक वर्ष कठिन प्रतिस्पर्धा मार्फत् संसारभरीबाट फेलोहरु चयन गरिन्छन् । जसले त्यहाँ सिकेका कुराहरुलाई आफ्नो देशमा लागू गर्दछन् । सन् २०१४/१५ मा मेधाले नाइकी फाउन्डेसनमा ग्रान्ट्स म्यानेजरको रुपमा काम गरी नेपाल फर्केर भिजिबल इम्प्याक्टको स्थापना गरेकी थिइन् ।

अवार्ड ग्रहण गर्दै मेधाले यो अवार्डले महिला, किशोरी र युवामा विभिन्न किसिमका काम गर्न थप उत्साह र प्रोत्साहन मिलेको बताइन् । गत १६ डिसेम्बर २०२० मा आयोजना गरिएको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाकी भूतपूर्व विदेश मन्त्री तथा अल्ब्राइट स्टोनब्रिज ग्रुपकी अध्यक्ष डा. मेडलिन के अल्ब्राइटलाई समेत ग्लोबल चेन्ज मकर अवार्डले सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा डा. अल्ब्राइटले मेधालाई विश्वमा उनको कामको प्रभावको कदर भएकोमा बधाई दिएकी थिईन् । त्यसै गरी एट्लास कोरका प्रमुख कार्यकारी अधिकृत स्कट बिलले पनि उनको प्रभाशाली कामको तारिफ गर्दै उनलाई परिवर्तनको संवाहक र सुपर हिरोको उपमा दिएका थिए ।

अवार्ड र फेलोशिपको बारेमा बिस्तृत जानकारी एट्लास कोरको वेबसाइट www.atlascorps.org मा पाउन सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here