अटो ग्यारेजमा आगलागी , क्षतिको विवरण आउन वाँकी

0
679

झापा,
झापाको बिर्तामोड – ३ बिर्तावजार नजिकै एक अटो ग्यारेजमा आज साँझ आगलागी भएको छ ।
उमेश साहले सञ्चालन गर्दै आएको अटो ग्यारेजमा आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन । ग्यारेजमा आगलागी हुँदा नयाँ तथा मर्मतका लागि ल्याएका अटो जलेर नस्ट भएका छन् । कति अटो जले यकिन विवरण आउन वाँकी छ प्रहरी नायव उपरीक्षक रिजालले भने – बिर्तामोड नगरपालिकासहित चारबाट वरुणयन्त्र , प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here