दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने

0
1141

काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने नेताहरुको दावी छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट जुलुस सुरु हुने छन् । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ ।

ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने नेताहरुले बताएका छन् । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दावी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here