नेपाल नेतृत्वको नेकपाले झापामा गर्यो जिल्ला भेला

0
836

दमक,

पार्टीको आधिकारिकतामा आफनो दाबी गरिरहेको माधव कुमार नेपाल नेतृत्वको नेकपाले झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आज विर्तामोडमा गरेको छ । भेलालाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै नेकपाका नेता नरेश खरेलले पार्टी कार्यकर्ताहरुलाई बिचलित नभई एकताबद्ध भएर लाग्न निर्देशन दिए ।

उनले पार्टीमा व्यक्ति गौण हुने र विधि प्रकृयालाई ठुला, साना, नेता , कार्यकर्ता सबैले आत्मसाथ गर्न सक्नुपर्ने भन्दै केपी शर्मा ओलीको स्वैच्छारी प्रवृत्तिका विरुद्ध पार्टी भित्र लामो समय सम्म बहस र छलफल भएको , पटक पटक सच्चिन गरिएको आग्रहलाई समेत वेवास्ता गर्दै निर्वाचित संसदनै भंग गर्ने जस्तो आत्मघाती कदम चालेको आरोप लगाए । उनले पार्टी विधान अनुसारनै अध्यक्ष ओलीलाई कारवाहीको निर्णय भएको स्मरण समेत कार्यकर्ताहरुलाई गराएका थिए ।

विजय साम्पाङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका अर्का केन्द्रिय नेता एवं पुष्पलाल मित्रता केन्द्रका महासचिव रविन कोइराला, नेतृ धर्मशीला चापागाइँ, झलकसिंह दर्लामी लगायतले पनि समसामयिक राजनीतिक परिस्थिति र पार्टी भित्रका गतिबिधिहरुका बारेमा जानकारी गराएका थिए । राजेन्द्र दाहालको सञ्चालनमा विर्तामोडमा भएको सो कार्यक्रममा झापाका १५ वटै पालिकाहरुबाट अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here