क्षितिज संगीत साधना प्रतिष्ठान झापाको अध्यक्षमा पोखरेल

0
877

बिर्तामोड ।

क्षितिज संगीत साधना प्रतिष्ठान झापाको अध्यक्षमा निरज पोखरेल चयन भएका छन् ।

बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिबेशनले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय क्षितिज संगीत साधना प्रतिष्ठान झापाको नयाँ कार्यसमिति गठन गरेको हो ।

क्षितिज नाट्य समूह झापाको विभागिय समिति अन्र्तगत गठित समितिको उपाध्यक्ष पवित्रा ओली ,महासचिव जीतेन्द्र श्रेष्ठ , सचिव सुजन शिवाकोटी , कोषाध्यक्ष गोविन्द रपाल रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा निमेश शिवाकोटी , पुष्पा प्रणामी , मणी वर्देवा , अर्जुन खरेल , राजकुमार गुरुङ , ज्ञानीकुमार खड्का , धुव्रराज कडरिया , किरण कन्दङ्वा रहेका छन् । समितिको दुई जना सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

उक्त समिति चयन गर्नका लागि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी संयोजक र बिर्तामोड–१ का वडा सदस्य प्रेमकुमार खरेल र न्यायीक समिति सदस्य यमुना आचार्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त निर्वाचन समितिले निर्वाचन प्रकृयाद्वारा पदाधिकारीहरुको चयन गरेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार झापा नाटक घरमा हुने कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाइनुका साथै प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नचानु विष्णु श्रीजंघाटोल सुधार संस्थाका अध्यक्ष भोजकुमार मास्केले स्वागत गरेका थिए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले लोप हुन लागेको भाषा ,कला, संगीत र साहित्यको संरक्षण र सम्वद्र्धनमा क्षितिज संगीत साधना प्रतिष्ठान झापाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितले लोप हुन लागेको गीत संगीत भाषा ,कला र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै सबै जातजाति तथा भाषाभाषिको सामुहिक अपनत्व कायम गराउने उद्धेश्यले क्षितिज नाट्य समूह झापाले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण गरीरहेको र क्षितिज संगीत साधना प्रतिष्ठान झापाले सबै क्षेत्रका श्रष्टालाई अवसर प्रदान गरी उनीहरुका प्रतिभा प्रस्फुटन गराउने बताए ।

गायकहरु निरज पोखरेल , अर्जुन खरेल , जीतेन्द्र श्रेष्ठ , गायिका पवित्रा ओली लगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा क्षितिज नाट्य समूह झापाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी , उपाध्यक्ष सुजना खतिवडा , कोषाध्यक्ष मुना प्रसाई, केन्द्रीय सदस्यहरु माधव सिटौला , राजु खरेल , देवीमाया प्रसाईं, नाट्य विभाग प्रमुख गजेन्द्र पृथक , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला ,निर्माण अनुगमन समिति सदस्य कमलसरी राजवंशी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बुधबार तमु ल्हेसार पर्वको अबसरमा नेपाल पब्लिक स्पिकर सिजन टु का विजेता कवि, साहित्यकार तथा प्रखर बक्ता रमेश प्रसाईंको नागरिक अभिनन्दन, ल्हेसार विशेष साँस्कृतिक प्रस्तुति , क्षितिज संगीत साधना प्रतिष्ठानका पदाधिकारीहरुको शपथ , झापा नाटक घर निर्माणमा सहयोग हस्तान्तरण लगायतको कार्यक्रमको आयोजना गरिएको

क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले जानकारी दिए । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here