झापामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

0
1108

झापा।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक बृद्धा महिलाको मृत्यु भएको छ ।

पहिचान नखुलेको मोटरसाइकलको ठक्करबाट कनकाई नगरपालिका वडा नम्बर ७ दुर्गापुर बस्ने ६५ वर्षीय चम्पादेवी हल्वाईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएकी हल्वाईको विर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वृद्धा महिलालाई ठक्कर दिएर फरार रहेको मोटरसाईकल र सोका चालकको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here