
दमक । बी आर आई परिकल्पना अन्तर्गतको दमक क्लीन पार्क परियोजना, चीनको एउटा महत्वपूर्ण परियोजनाले नकारात्मकता बटुलेको छ । यो एक धूमिल, भ्रष्ट,जबरजस्ती क्रियाकलाप भएको भनी यसबारेको आलोचना र विरोध तीब्र बनेको छ ।
यस परियोजनाले अधिग्रहण गरेको भूमिको सन्दर्भमा पर्यावरणको क्षति, समाजिक आर्थिक क्षति र स्थानीय सरोकारवालाहरुलाई सामेल नगरिएकोले यो अवस्था उत्पन्न भएको ठहर गरिएको छ । यही सन्दर्भमा संघीय लिम्बुवान मञ्च र त्यसको घटक संघीय लिम्बुवान मञ्चले यी सबै प्रधानमन्त्री केपी शर्मा ओली को राजनीतिले प्रेरित परियोजना हो भन्दै त्यसको भण्डाफोर गरेको छ । लिम्बुवानले मंगलबार पुस १४ गते दमकको गणतन्त्र चोकमा एउटा बृहत कार्यक्रम आयोजना गर्यो । हारा हारीमा ५००० भन्दा बढी जनमानसको उपस्थितिमा टाढा टाढा बाट आएका जनजाति,आदिवासी र पछाडि पारिएकाका जाति, समुदाय र वर्गका नागरिकको आक्रोसित सहभागिता थियो । कार्यक्रममा संघीय लिम्बुवान मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराक, उपाध्यक्ष भानु भट्टराई लगायतका नेताले सभालाई सम्बोधन गरे ।
सभाअघि भएको विरोध र्याली दमक नगर परिक्रमाका गरेको थियो । त्यसक्रममा क्लिन पार्क पीडितलाई न्यायोचित मुआब्जा बितरण गर, क्लीन पार्कको वास्तविकता सार्वजनिक गर, क्लीन पार्क पीडितको आवाज सुनवाई गर लगायतका चर्का नारावाजीसहित सहभागीहरु ग्णतन्त्र चोकमा एकत्रित भएका थिए ।
कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष लिङ्देनले बामपन्थी सरकारले दुई बर्षसम्म सरोकारवाला बसोबास गर्दै आएका सोजासाजा जग्गाधनीलाई सुइकोसम्म नदिइ गोप्य रुपले जमीनमा आफ्ना बामपन्थी नेता कार्यकर्तालाई ठूलो परिमाणको आर्थिक फाइदा गराउन चलखेल गरेको बताए । सरोकारवालाहरुले क्लीन पार्क परियोजनाको बिषयमा यस्तो भ्रष्टाचारको बारेमा हालसालै थाह पाएको उनको भनाई थियो । उनले यो बिषयमा सरोकारवालासहित स्थानीय राजनीतिक दलका नेताहरुलाई पनि सहभागी गराउन आवश्यक रहेको वकालत गरे । अर्का नेता भानु भट्टराईले जोडदार ढंगले चीनको ठाडो हस्तक्षेपको भत्र्सना गरे र चिनिया दूतहरुलाई संकेत गर्दै नेपालको हालको अस्थिर राजनीतिक अवस्थाको लागि उनीहरु दोषी रहेको बताए ।

https://www.facebook.com/watch/?ref=external&v=1205554799846469































