मिलनसार साकोसको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

0
528

केशव राज भण्डारी, झापा ।

झापाको विर्तामोडमा रहेको श्री मिलनसार वचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड ५ को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको आफ्नै सभाहलमा सञ्चालन भएको साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मि वाँस्कोटाको अध्यक्षता साथै विर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लिराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी द्वारा पानसमा वत्तिवालेर उध्घाटन गरिएको कार्यक्रम मिलनसार वचत तथा ऋण सहकारी सँस्था लिमिटेडका सञ्चालक समितिका सचिव दिनोज वजगाईले सञ्चाल गरेका थिए । कार्यक्रम मा सहकारीका उपाध्यक्ष अजय देवले स्वागत गरेका थिए भने अध्यक्ष वाँस्कोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा विर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लिराम दाहालले विर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरु मध्ये कारोवारको हिसावमा दसौँ स्थानमा मिलनसार साकोस रहेको जानकारी गराउँदै विर्तामोड नगरपालिकालाई कोरोना कहरको समयमा रु २५ हजार सहयोग उपलब्ध गराएको मा खुलेरै प्रसंसा गरे ।

वाह्य कर्जा नलिएको मिलनसार साकोसलाई स्वरोजगार कर्जाकालागी आफुले पहल गर्ने वताउदै प्रमुख अतिथी दाहालले कोपोमिसमा सहकारीको कारोवार देखाउने सहकारी विभागको निर्णय र कानुन वमोजिमका कामहरु यहि महिना वाट विर्तामोडमा सुरुवात गर्ने जानकारी गराए । सहकारीहरु कोपोमिसमा समावेस भइसकेपछी सहकारीमा आम नागरिकहरुको दोहोरो सदस्यता नरहने गरीको काम सञ्चालन हुने पनि प्रमुख अथिती दाहालले जानकारी दिए ।

सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (COPOMIS) सहकारी तथा तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधि (ICT) मा आधारित ब्यवस्थापन सूचना प्रणाली हो । यसबाट गरिब घरपरिवार लगायत सहकारी संघ् संस्थाहरुको सूचना ब्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुने जनाईएको छ ।

वि.स. २०६६ चैत १५ गते ४१ जना शेयर सदस्यहरुबाट रु चार लाख दश हजार रकम शेयर संकलन गरि शुरु भएको सहकारी सदस्यहरुको सहयोगको प्रतिफल स्वरुप यस आर्थिक वर्षमा संस्थाले गत आ.व.को शेयर रकम रु १ करोड ५८ लाख ७४ लाख ५ सय बाट रु ४४ लाख ८६ हजार ३ सय वृद्धि गरि रु २ करोड ३ लाख ६० हजार ८ सय पु¥याउन सफल भएको छ । जगेडा कोषमा गत आर्थिक वर्षमा २५ लाख ११ हजार ९ सय ८ रुपैयाँ बाट रु ६ करोड ९५ लाख २२ हजार ५ सय.५४ वृद्धी गरि ३२ करोड ७ लाख १३ हजार ३ सय .५४ रुपौया पुगेको छ ।

आ.व. ०७५/०७६ मा रु १५ करोड ५८ लाख १७ हजार १ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी रु १४ करोड ७० लाख ७९ हजार ३ सय ९५ रुपैयाँ निक्षेप फिर्ता गरि २ करोड ८६ लाख ६४ हजार ४ सय ५५ रुपैयाँ निक्षेप मौज्दात रहेका थियो भने आ.व. ०७६/०७७ मा रु ११ करोड ११ लाख ५७ हजार ९ सय ३५रुपैयाँ निक्षेप संकलन गरी रु ११ करोड ७ लाख २९ हजार ४ सय ४२ रुपैयाँ निक्षेप फिर्ता गरि रु २ करोड ९० लाख ९२ हजार ९ सय ४८ रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here